
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- आइइएलटिएसको प्रश्नपत्र लाखौँमा किनबेच हुने गरेको खुलासा भएको छ । काठमाडौंस्थित ब्रिटिस काउन्सिलले लिने उक्त परिक्षामा प्रश्नपत्र ‘लिक’ गरेर चलखेल हुने गरेको खुआसा भएको हो । काउन्सिलकै कर्मचारीको मिलेमतोमा परिक्षाको अघिल्लो दिन नै प्रश्नपत्र बिद्यार्थीलाई बिक्रि हुने गरेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान गर्दा यस्तो रहस्य खुलेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंले यस कार्यमा संलग्न १३ जनालाई शुक्रबार पक्राउ गरेपछी यस्तो रहस्य खुलेको हो ।
प्रश्नपत्र विक्री गरेको अभियोगमा पक्राउ परेका काउन्सिलका एजेन्ट सुरज तामाङको अन्तर्राष्ट्रिय समूहसँग सम्पर्क देखिएको प्रहरीले बताएको छ। आइइएलटिएस परिक्षामा सामेल बिद्यार्थीसंग मोटो रकम लिएर उनीहरुलाई पास गराउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको काठमाडौं परिसरका प्रवक्ता एसपी रामदत्त जोशीले अर्थ सरोकार डटकमलाई जानकारी दिएका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंले यस कार्यमा संलग्न १३ जनालाई शुक्रबार पक्राउ गरेपछी यस्तो रहस्य खुलेको हो ।
पक्राउ पर्नेबाट लिक गरिएको प्रश्न र पैसा समेत विक्री भएको खुलेको छ । प्रति बिद्यार्थी दुई लाखसम्म लिएर शनिबारका लागि तय भएको आइइएलटिएस परीक्षाको प्रश्नपत्र शुक्रबार नै गेस्टहाउसबाट प्रहरीले बरामद गरेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानले प्रश्नपत्र भाइबरमार्फत ‘लिक’ हुने गरेको प्रहरीले जनाएको छ ।
थप जानकारीसहित प्रहरीले आइतबार पत्रकार सम्मेलन गरेर अभियुक्तहरूबारे जानकारी दिने बताएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्