
काठमाडौं – उच्चस्तरीय शिक्षा आयोगले कूटनीतिक नियोग र विदेशी सम्बन्धनका विद्यालयहरू बन्द गर्ने प्रस्ताव अघि सारेको छ ।
आयोगले जथाभावी रुपमा खोलिएका त्यस्ता विद्यालयलाई थप नियमन गरी क्रमशः बन्द गराउन प्रारम्भिक सिफारिस गरेको हो । आयोगको विज्ञ समूहले अध्यक्ष एवं उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई बुझाइएको प्रतिवेदनमा भनिएको छ, ‘कूटनीतिक नियोग तथा विदेशीले गैह्रकानुनी रुपमा बलमिचाइपूर्वक विद्यालयहरु खोलेका छन्, यससम्बन्धी स्पष्ट मापदण्ड तोकी त्यस्ता विद्यालयको सङ्ख्या तोकिनुपर्छ ।’
त्यस्ता विद्यालयमा नेपाली विद्यार्थीलाई प्रवेश निषेध गर्ने तथा विदेशी पाठ्यक्रम पढाउन क्रमशः बन्द गराउने सुझाव पनि दिएको छ ।
विश्व व्यापार संगठनको सदस्य भए पनि कक्षा १२ सम्म बहुद्देशीय विद्यालय भित्र्याउन नपाउने प्राबधान छ । कूटनीतिक नियोगका लागि एक एक मात्रै विद्यालय खोल्न पाइने प्रावधान शिक्षा ऐन (आठौँ संशोधन) मा समेत छ तर, हाल भारतीय दूतावासको केन्द्रीय विद्यालयसहित भारतको माध्यमिक शिक्षा केन्द्रीय बोर्ड (सिबीएसइ) को सम्बन्धनमा १४ विद्यालय नेपालमा सञ्चालित छन् ।
यसैगरी बेलायती विश्वविद्यालयको सम्बन्धमा ‘ए लेभल’ र ‘ओ लेभल’ का शिक्षालय सञ्चालित छन् । सिबीएसइअन्तर्गत प्रदेश नं २ मा थप २० विद्यालय खुल्ने तयारी छ ।
तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोखरेलको पालामा विदेशी शिक्षण संस्थाको सम्बन्धनका विद्यालयलाई व्यवस्थित गर्न कार्यदल गठन भएको थियो । त्यसको सुझावानुसार भौतिक पूर्वाधारको मापदण्डसहित १५ लाख धरौटी लिई दर्ताको प्रक्रियामा ल्याइएको थियो ।
तर, गत भदौ १९ गते मन्त्रिपरिषद्बाट शिक्षामन्त्री श्रेष्ठको अध्यक्षतामा गठित ६५ सदस्यीय आयोगले खारेजीको सिफारिस गरेको छ ।
विदेशी विश्वविद्यालय एवं शिक्षण संस्थाको सम्बन्धन तथा ‘लर्निङ सेन्टर’का रूपमा मन्त्रालयको अनुमति प्राप्त गरी शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका शिक्षण संस्थामा विद्यार्थी भर्ना गर्दा वा अध्ययन अध्यापन गर्दा गराउँदा मन्त्रालयबाट अनुमति प्रदान गरिएको शैक्षिक कार्यक्रममा मात्र भर्ना गराउन मन्त्रालयले सूचना पनि जारी गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले आयोगको सो सिफारिश प्रारम्भिक भएकाले थप छलफल गरी निष्कर्षमा पुगिने बताए । उनले भने, ‘हालको कानुनमा पनि एक कूटनीतिक नियोगले एक विद्यालय मात्र खोल्न पाउने भनिएको छ, नयाँ खोल्ने अनुमति दिइएको छैन, मूल समस्या पुरानालाई के गर्ने भन्ने हो ।’
सिबीएसइको सम्बन्धमा सञ्चालित राय स्कुलका प्रिन्सिपल केपी पाण्डेले नेपालको कानुनबमोजित दर्ता भई चलिआएका विगतमा खोलिएका यस्ता विद्यालय बन्द गर्न नहुने तर नयाँ खुल्नेका लागि नेपाल सरकारले बनाउने नीति मान्य हुने बताए । सिबीएसइका सम्बन्धमा नेपालमा पढ्न नपाउने नेपाल सरकारले नीति बनाएको खण्डमा भारतमा पढ्ने नेपाली विद्यार्थीले समकक्षता नपाउने नीति भारत सरकारले बनाइदिएमा समस्या पर्ने टिप्पणी गरे ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्