×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहे भोजमा युवाहरुबीच झडप, १ को मृत्यु, ५ घाइते

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बिहे भोजमा युवाहरुबीच झडप, १ को मृत्यु, ५ घाइते

१६ माघ २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

ओखलढुङ्गा – ओखलढुङ्गामा गएराती बिहेको भोजमा युवकहरुबीच झडप भएको छ । झडपका कारण  एकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा मोलुङ गाउँपालिका वडा नम्बर ७ का २२ वर्षीय कुमार मगर रहेको प्रहरीले जनाएको छ ।

झडपमा गम्भिर घाइते मगरको सामुदायिक अस्पताल ओखलढुङ्गामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक टिका कार्कीले जानकारी दिए । प्रहरी निरीक्षक कार्कीका अनुसार मोलुङ गाउँपालिका वडा नम्बर ७ का गंगाबहादुर मगरको बहिनीको विवाहमा मदिरा सेवन गरेका युवाहरुबीच झडप भएको हो । मदिरा सेवन गरेका शेर्पा समुदायका युवाहरुले मगर परिवारमाथि आक्रमण गरेपछि भागदौड नै मच्चिएको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी