×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाजै नमानी कमल थापाले ज्ञानेन्द्रसँग पैसा मागेपछि…

PRIME CA

लाजै नमानी कमल थापाले ज्ञानेन्द्रसँग पैसा मागेपछि…

१७ पुष २०७४, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – एउटा भनाइ छ– बाहिर बाहिर लोकाचार, भित्रभित्र पोकोपार । नेपाली सामाजले यसलाई अवसरवादीहरुको झाँको झार्न प्रयोग गरेको भए पनि राप्रपा अध्यक्ष कमल थापाले भने यसलाई सिद्धान्तः नै बनाए । र, त उनले बाहिर राजसंस्था र हिन्दू राज्यको रटान लगाए पनि पललोलुपता देखाई गति छाडेर गणतन्त्रवादीहरुसँग एउटै भातभान्सा गर्न पनि कुनै असजिलो मानेनन् ।
गणतन्त्र र संघीयता कार्यान्वयन गराउने कसम खाएर बनेको सरकारमा राजसंस्थाको वकालत गर्ने पार्टी नैतिक रुपमा जान कहींकतैबाट पनि मिल्ने थिएन । तर, थापा यस्ता पात्र बने जसले लोकले कुरीकुरी गर्दासमेत एकपटक होइन, पटकपटक गति छाडेर सिंहदरबारको स्वाद लिइरहे । जनमतको धज्जी उडाउँदै अघि बढेका कमल थापाले त्यसको फल यही जुनीमा भोगेका छन् । प्रतिनिधि सभाको एक स्थानमा त्यो पनि बाम गठबन्धनको सहारामा जित निकाल्न सके पनि थ्रेस होल्ड (न्यूततम मत सीमा) कटाउन असफल रह्यो । मुसा प्रवृत्तिका आधुनिक बिम्ब नै बनेका यिनै थापा एकाएक पूर्वमहाराज ज्ञानेन्द्र शाहको शरणमा पुगे भन्दा धैरैलाई पत्यार नलाग्न सक्छ । तर, पुस १५ गते शनिबार मात्रै राजालाई भेटेर हारगुहार गरेको खबर छ ।
स्रोतका अनुसार राजसंस्थाको नाममा व्यापार मात्रै गरेको निस्कर्षमा पुगेका पूर्वराजा शाहलाई ठूलो संघर्षपछि थापाले नेपालगञ्जमा दर्शन पाएका हुन् । चुनावी परिणाम आफ्नो पक्षमा नआएसँगै रन्थनिएका थापाले ज्ञानेन्द्र शाहको दर्शनका लागि सन्देश पठाएका थिए । तर, ज्ञानेन्द्रले पटकपटक थापाको सन्देश आए पनि सुनेका थिएनन् । तर, चतुर थापाले नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणाको फेरो समातेर राजालाई दर्शन भेट दिन बाध्य पारेको खबर छ । धवलको आग्रहलाई टार्न नसकेर पूर्वराजाले थापालाई भेट दिएको चर्चा पञ्चहरुबीच भइरहेको छ ।
व्यक्तिवाद र स्वेच्छाचारी चरित्रका कारण पार्टीमा झण्डैझण्डै पारिवारिक सदस्य मात्रै बाँकी राखेका थापाको फुर्ति पूर्वराजालाई भेटेलगत्तै बढेको छ । थापाले पूर्वमहाराजसँगको दर्शन भेटमा पैसा र संगठन नहुँदा हारेको बिन्ती बिसाए पनि त्यसमा उनले कुनै प्रतिक्रिया नजनाएको स्रोतको दाबी छ । तर, थापाले भने ज्ञानेन्द्र शाहलाई भेटेलगत्तै पूर्वराजासँग आफ्नो अहिले पनि सुमधुर सम्बन्ध रहेको गफ दिन थालेका छन् । – साँघु साप्ताहिबाबाट
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: