Skip to content
LAXMI SUNRISE BANK

माछापुच्छ्रे बैंक लिमिटेडद्वारा कम्बल बितरण

अर्थ सरोकार

काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा महोत्तरीको बर्दिबास नगरपालिका ३ स्थित गौरीबासका शितलहर पीडितहरुलाई माछापुच्छ्रे बैंक लिमिटेड बर्दिबास शाखाले ६० घरपरिवारलाई कम्बल वितरण गरेको छ ।
बर्दिबास नगरपालिकाका मेयर बिदुरकुमार कार्की र बैंकका बर्दिबास शाखा प्रबन्धक रमेश अधिकारीले एकल महिला देखि शितलहरबाट पीडित पर्साहिधाप, राजाबास, कालापानी, गौरीबास, पाटु, भब्सी र गौरीडाँडाका गरिब तथा विपन्न स्थानीयहरुलाई ६० थान न्यानो कम्बल वितरण गरे।
यस बैकले नेपाल अधिराज्यभर छरिएर रहेका आˆना शाखा कार्यालयहरु मार्फत देशको सामाजिक, आथ्ािर्क, शैक्षिक तथा खेलकुद लगायतका क्षेत्रको बिकासमा उल्लेख्य योगदान गर्दै आएको छ । साथै भविष्यमा पनि यस्ता कार्यक्रमहरु जारी रहने जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK