×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कञ्चन डेभलपमेन्ट बैंकको चुक्तापुँजी ५० करोडमाथि

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

कञ्चन डेभलपमेन्ट बैंकको चुक्तापुँजी ५० करोडमाथि

Artha Sarokar

३० पुष २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडको आठौँ वार्षिक साधारणसभा शनिबार (पुस २९ गते) सम्पन्न भएको छ । सञ्चालक समितीका अध्यक्ष शिव सिंह कार्कीको अध्यक्षतामा सम्पन्न साधारणसभाले आफ्ना सेयरधनीहरुलाई चूक्तापुँजीको १२.३३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६४९१ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । साथमा आ.ब.२०७३/७४को वित्तीय विवरण पनि साधारणसभाले पारित गरेको छ । 
बोनस सेयर पारित भएसँगै कञ्चन डेभलपमेन्ट बैंकले नेपाल राष्ट्र बैंकद्धारा निर्धारित न्युनतम चुक्तापुँजीको मापदण्ड पुरा गरेको छ । बोनसपछि बैंकको चुक्तापुँजी ५० करोड ६० लाख रुपैयाँ पुगेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी