
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहिबार कामचलाउ सरकारका नीतिगत निर्णय विरुद्ध आकस्मिक पत्रकार सम्मेलन गरे। उनले मुलुकमा आर्थिक संकट निम्त्याएको भन्दै शेरबहादुर देउवा नेतृत्वको सरकारको आलोचना गरे।
साथै पत्रकारका विभिन्न प्रश्नको सामाना पनि गरे। सुरुवातमा विषय बाहिर नबोल्ने बताएपनि ओलीलाई पत्रकारले गोविन्द केसी, नवराज सिलवाल, कोमल वली र दीपक मनाङ्गेबारे प्रश्न सोधे। ओलीले पनि जवाफ दिए। कसका बारे के भने ओलीले?
गोविन्द केसीबारे
पत्रकारले ओली सरकार बने लगत्तै डा. गोविन्द केसी अनसन बस्ने भएकाले कसरी फकाउनुहुन्छ भन्ने प्रश्न गरेका थिए। पत्रकारको प्रश्नमा ओली खुलेरै हाँसे।
अनि जवाफ दिए – उहाँले मलाई त्यसो भन्नुभएको छैन।
नवराज सिलवालबारे
पत्रकारले ओलीलाई एमाले सांसद नवराज सिलवालले असुरक्षित रहेको बताइरहँदा कसरी सुरक्षीत राख्नुहुन्छ भन्ने प्रश्न गरेका थिए। प्रहरीले किर्ते मुद्दामा सिलवालको खोजी गरिरहेको छ। सिलवाल गायब छन्। जवाफमा ओलीले खुलेरै सिलवालको पक्षमा धारणा राखे। सिलवालको ‘असुरक्षीत’ रहेको भन्ने अनुभूती निराधार नभएको दावी ओलीले गरे। साथै नयाँ बन्ने सरकारले सिलवालको विषयमा छानविन गर्ने बताए।
‘नेपालमा अनेक अपराधी फरार छन्। सरकार कानमा तेल हालेर सुतेको छ। छानिएको माननिय सांसदलाई १ सय ६५ जना प्रहरी छापा मार्न कुदाएको छ’, ओलीले भने, ‘सपथ ग्रहणमा त आउलान्। सांसद हुन पठाएको.. लुक्ने, भाग्ने त होइन होला। देशको ढुकुटी बोकेर लुकेको पनि होइन होला। सरकार यो तमासा किन गर्दैछ।’
उनले सिलवालको ललितपुरको घर अगाडि कालो सिसा लगाएको प्राइभेट नंम्बरका गाडी राखिएको र धम्क्याएको बताए। ‘हाम्रो फलानालाई हराउन त्यहाँ जाने भनेर धम्क्याउने काम भएको छ त्यसैले उहाँको आशंका ठिकै देखिन्छ’, ओलीले भने, ‘नवराज सिलवालको काण्ड डिआइजीको प्रमोसनको काण्डबाट सुरु भएको हो। त्यहाँबाट आशंका ठिकै देखिन्छ।’
कोमल वलीबारे
कोमल वलीलाई राष्ट्रिय सभाको उम्मेद्वार बनाएको विषयमा पार्टी भित्र नोट अफ डिसेन्ट लेखिएको विषयमा समेत पत्रकारले ओलीलाई प्रश्न गरेका थिए। रत उनले प्रदेश ५ मा निर्विरोध भएकी वलीको बचाउ गरे।
‘नयाँ मान्छे आयो भने एमालेले चान्स दिदैँन भनेर पनि कराउने, नयाँलाई चान्स दियो भनेर पनि कराउने’, ओलीले भने, ‘एमालेमा असन्तुष्टि छैन। असन्तुष्टि व्यापक छ भन्ने हल्ला पनि चलाउने।‘
उनले एमालेमात्र नभई कोमल वलीको सम्बन्धमा राष्ट्रिय सहमति बनेको बताए। ‘निर्विरोध, कांग्रेसले पनि हालेन। अरु पार्टीले पनि विरोधमा उम्मेद्वारी हालेन भनेपछि … मेरो विरोधमा मान्छे चुनाव लडे, कोमल वली निर्विरोध छ।’
दीपक मनाङेबारे
पत्रकारले दीपक मनाङेलाई पनि ‘नयाँ बन्ने एमाले सरकारले पनि उन्मुक्ति दिने हो’ भन्ने प्रश्न गरेका थिए। जवाफमा ओलीले मनाङेको बचाउ गरेनन्। बरु एमालेले नचिन्ने बताए। मनाङेका लागि एमालेका प्रदेश सभा उम्मेद्वारले उम्मेद्वारी फिर्त लिएका थिए।
‘उहाँ स्वतन्त्र सांसद हो’, ओलीले भने, ‘उहाँको अदालतमा मुद्दा होला। बयान पनि होला। म के बयान गरुँ, फैसला पनि अदालतले गरेको थियो। अदालतको फैसला त्यो भन्दा माथिल्लो अदालतले हेर्ने हुन्छ होला। अदालतको फैसला सरकारले रद्द गर्छ… त्यस्तो हुदैँन।’
उनले मनाङे स्वतन्त्र हैसियतमा उठेर जितेको बताए। ‘उहाँलाई के मुद्दा छ। उहाँको कुरा हो’, ओलीले भने, ‘हाम्रो सरोकारको विषय होइन।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्