×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अधिवक्ता अर्यालको गर्जन, ‘एमाले माफियाहरुको पार्टी हो, केपी ओली हत्यारा हुन्’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

अधिवक्ता अर्यालको गर्जन, ‘एमाले माफियाहरुको पार्टी हो, केपी ओली हत्यारा हुन्’

Artha Sarokar

२७ पुष २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडाैँ – अधिबक्ता अाेम प्रकाश अर्यालले नेकपा एमाले माफियाहरुको पार्टी भएको बताएका छन् । अधिवक्ता अर्यालले एमाले अध्यक्ष केपी शर्मा अाेली हत्यारा भएकाे अाराेप लगाउँदै राजिनामा दिन माग गरेका छन् । उनले अदालतले ओलीलाई हत्यारा भएको पुष्टी गरेको बताउँदै नैतिकतामाथि पनि प्रश्‍न खडा गरेका छन् ।
”तपार्इँले २०२८ सालमा मान्छेकाे गर्धन छिनाउनुभएकाे छ । तपार्इँलार्इ हामीले हत्यारा भन्न सक्छाैँ । तपाईँ अदालतले हत्यारा पुष्टी गरेकाे मान्छे हाे । तपाईँकाे नैतिक चरित्र के छ हामीलार्इ थाहा छ” अधिवक्ता अर्यालले भने ।
ओली भ्रष्टाचारी भएको बताउँदै राज्य कोषको दोहन गरेको बताए अर्यालले भने, ”तपाईँले कति भ्रष्टचार गर्नु भएकाे छ, राज्य काेषकाे दाेहन गर्नुभएकाे छ, यो छर्लङग छ ।” उनले अाेली पार्टी अध्यक्ष समेत हुनका लागि नैतिकता नभएकाे मान्छे भएकाे समेत बताए । झापा बिद्राेहमा अाेलीले ९ जनाकाे हत्या गरेकाे अर्यालले दाबी गरे ।
एमाले अध्‍यक्ष ओलीले डा. गाेबिन्द केसीकाे अान्दाेन्लनलार्इ अबमूल्यन गरेकाे भन्दै डा.केसीको समर्थनमा गरिएको प्रदर्शनमा बोल्दै अधिवक्ता अर्यालले भने, ”गाेबिन्द केसीकाे अान्दाेलनलार्इ जसरी खिसिटिउरी गरिरहनुभएकाे छ तपाईँकाे कुर्सीबाट तपार्इँलार्इ हत्याउँछाैँ हामी ।” उनले एमाले माफियाहरुको पार्टी र अध्यक्ष ओली माफियाहरुको नाइके भएको अारोप समेत लगाए ।
अधिबक्ता अर्यालको अाक्रोस यतिमा रोकिएन । एमाले अध्‍यक्ष ओलीले केसीको अान्दोलनमलाई कमजोर बनाउन भूमिका खेलिरहेको अारोप अर्यालले ठेगान लगाउने चेतावनी समेत दिए । उनले अगाडि भने, ”हामीले एकपछि अर्काे खलपात्रहरूलार्इ ठेगान लगाउँदै अाएका छाैँ अब केपी अाेलीलार्इ पनि ठेगान लगाउँछाैँ ।”
अधिवक्ता अर्याल डा. गोविन्द केसीले मेडिकल शिक्षा सुधारका लागि थालेको आन्दोलन र त्यसको बलमा ल्याइएको ऐनको मस्यौदाकार पनि हुन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी