×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ओली–प्रचण्ड भेटवार्ता हुँदै, यस्ता छन् एजेण्डाहरु ?

PRIME CA
GLOBAL IME BANK

ओली–प्रचण्ड भेटवार्ता हुँदै, यस्ता छन् एजेण्डाहरु ?

२३ पुष २०७४, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं –  माकेका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार भेटवार्ता हुने भएको छ । लामोसमयपछि आज ओली-प्रचण्ड भेटवार्ता हुन लागेको हो ।
चितवनमा रहेका प्रचण्ड आइतबार काठमाडौं आउदै छन् । उनि आएलगत्तै भेट हुने स्रोतको भनाई छ । केहि दिनदेखि प्रचण्ड चितवनको कार्यक्रममा व्यस्त छन् । एकता, भावी प्रधानमन्त्री र नेतृत्व लगाएतका विषयमा आजको भेटघाट केन्द्रित हुनेछ ।
आज दुई नेताबीच एकताको विषयमा छलफल गरेर भोलि एकता संयोजन समितिको बैठकसमेत बस्नेछ । चुनावलगत्तै पार्टी एकता हुनेभन्दै चुनावमा होमिएका २ दलहरुबीच पद र नेतृत्वको बिषयमा भागबण्डा नमिल्दा अहिलेसम्म लम्बिएको छ ।
एकता पहिले की सरकार गठन पहिले ? भन्ने बिषयमा समेत ओली-प्रचण्डबीच कुरा मिलन सकेको छैन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: