
काठमाडौं – नेकपा एमाका अध्यक्ष केपी शर्मा ओलीले छिट्टै नयाँ सरकार बन्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्शको ६७ औं साधारण सभाबाट निर्वाचित समितिलाई बधाई ज्ञापन गर्न पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
नयाँ सरकार आउनासाथ शेयर बजारमा असाधारण सुधार आउने पनि उनको तर्क थियो । ‘सरकार बनेका दिन दिपावली गरे हुन्छ, मिठाई खाए हुन्छ, सबै ठाउँमा पुर्याउन सकिँदैन आफैं किनेर खाए हुन्छ’, उनले भने । अाफ्नाे नेतृत्वमा सरकार बनेकाे दिन दिपावली मनाउनपर्ने उकाे भनार्इ थियाे । तर नयाँ सरकार कहिले गठन हुन्न भन्ने विषयमा उनले केहि भनेनन् ।
एक अर्को प्रसंगमा उनले छिमेकी देशसँग नयाँ मान्यताका आधारमा सुमधुर सम्बन्ध राखेर अघि बढ्न चाहेको बताएका छन् ।
‘हामी हिजोको जस्तो नभई आज विकसित मान्यताका आधारमा छिमेकी देशहरूसँग समधुर सम्बन्ध राख्न चाहन्छौं’, उनले भने, ‘हिजो ठूला र बलियाले सानामाथि आफ्नो प्रभुत्व कायम राख्थे । आज त्यो समय होइन ।’
संविधान, विधि विधान, नियम र नैतिकताले गर्न नमिल्ने काम म्यान्डेट गुमाएको सरकारले गरिरहेको भन्दै उनले कटाक्ष गरे । ‘राजस्व सङ्कलन हामीले गरेको त्यसैले खर्च गर्छौं भन्नेपनी सुन्छु, अचम्म लाग्छ आफैंले ढिकुटीमा पैसा हालेजस्तो कुरा छन्’, उनले भने ।
आफूहरु राष्ट्र निर्माणको अभियानमा रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले विकासका काममा अब धैर्य, प्रतीक्षा र प्रयोग गर्न समय नभएको जनाए । ‘हामी पछि पर्नुमा भौगोलिक र प्राकृतिक कारण छैन’, उनले भने, ‘आफ्ना र दुनियाँका विकासका गतिलाई हेरेर अब समृद्धिको यात्रा सुरु गर्छौं ।’
निजीकरणले नेपालका उद्योग सिध्याउने काम गरेको उनको भनाइ थियो । ‘प्राइभेटाइजेशनले नेपालमा उद्योग सिध्याउने मात्र काम गरे । निजी क्षेत्रलाई सहजीकरण गर्न र अनुकूल वातावरण निर्माण गर्न हामी तयार छौं’, उनले भने, ‘पैसा जब चल्छ त्यसले बल्ल फुल पार्ने चल्ला पार्ने काम गर्छ । हाम्रो नीतिशास्त्रले विद्या जति बाँड्यो त्यति बढ्छ भन्छ, पैसा पनि त्यस्तै हो ।’
संविधानको गलत व्याख्या गरेर अल्झाउने प्रयास भएको उनले सुनाए । ‘अग्रगमनलाई रोक्ने काम राणाहरुले गर्थे, राजाहरुले गर्थे तर देश त अघि बढी छाड्यो । जनताको अभिमतलाई अलिअलि खल्बल्याउन सकिएला तर पूरे उल्टो दिशामा फर्काउन सकिँदैन’, ओलीले भने।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्