×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ओली बैंकक भ्रमण जाँदै, यस्ता छन् भित्री कारण

PRIME CA
GLOBAL IME BANK

ओली बैंकक भ्रमण जाँदै, यस्ता छन् भित्री कारण

२१ पुष २०७४, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – अब आउने पुस २६ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बैंकक जाने भएका छन् । उनी मृगौला प्रत्यारोपणपछि नियमित बैंकक गएर स्वास्थ्य परीक्षण गराइरहेका छन् । अहिले पनि उनी नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक प्रस्थान गर्न लागेका हुन् ।
तर, यो पटकको बैंकक भ्रमणमा ओलीले एकै पटक तीन काम गर्ने भएका छन् । नियमित स्वास्थ्य परीक्षणसँगै उत्तर र दक्षिणसँग भेटवार्ता पनि हुने बताइएको छ ।
हुन त नेपाली नेताहरु उत्तर वा दक्षिणी छिमेकीसँग गम्भीर वार्ता गर्नु पर्दा बैंककलाई जाँदै आएका छन् । पछिल्लो पटक पूर्वराजा ज्ञानेन्द्रले पनि त्यो सिकेका छन् । उनले पनि बैंककलाई वार्ता स्थल बनाएका छन् ।
यो पटक ओलीले पनि स्वास्थ्य परीक्षणसँगै दक्षिण र उत्तरका उच्च अधिकारीसँग नयाँ सरकार र पार्टी एकताबारे भेटवार्ता गर्ने भएका छन् ।
ओलीले कही दिनयता सार्वजनिक कार्यक्रम र भेटघाट बन्द गरेका छन् । वाम गठबन्धनको घोषणा यता निकै व्यस्त रहेका ओली करिब एक सातादेखि निवासमै आराम गरिरहेको बताइन्छ ।
ओलीको स्वास्थ्य अवस्थालाई देखाउँदै एमालेले पार्टी एकता र नयाँ सरकारको छलफललाई थाती राखेको छ । एमाले र माकेबीच हुने भनिएको एकता पुस महिनाभरी छलफल पनि नहुने बताएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: