×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रेनाल्ड डिलरको कर्तुत : बिग्रेका गाडी अधिक नाफामा बेच्दै, कागजात तथा बिलविजक खुलेन

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १४ माघ २०७४, आईतवार

PRIME CA
laxmi sunrise bank

रेनाल्ड डिलरको कर्तुत : बिग्रेका गाडी अधिक नाफामा बेच्दै, कागजात तथा बिलविजक खुलेन

काठमाडौँ – रेनाल्ड कम्पनीको सर्वाधिक बिक्री हुने कार क्यूडीमा खराबी देखिएको भन्दै कम्पनीले बिक्री भएका कारलाई फिर्ता मागेको छ । यही अवस्थामा नेपालमा भने सोही कार बजार मूल्यभन्दा अधिक नाफा राखेर बिक्री वितरण गर्ने गरेको पाइएको छ ।
दुईवटा इन्जिन भएको सो कारको स्टेरिङ प्रणालीमा खराबी देखिएको भन्दै उत्पादक कम्पनीले भारतमा ग्राहकलाई पत्राचार गर्दै नजिकको डिलरमा सम्पर्क गर्न अनुरोध गरिरहेको छ । उसले बिक्री भइसकेका कारको निःशुल्क मर्मत गरिदिने भनेको छ । रेनाल्डको नेपालको आधिकारिक विक्रेता एड्भान्स्ड अटोमोबाइलले अधिक नाफा राखेर सवारीसाधन बिक्री गर्दै आएको भन्दै आपूर्ति मन्त्रालयको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले छापा मारेको छ ।
विभागका महानिर्देशक कुमारप्रसाद दाहालको निर्देशनमा शुक्रबार काठमाडौंको थापाथलीस्थित ‘एड्भान्स्ड आटोमोबाइल्स’ प्रालिमा छापा मारेको हो । अनुगमनका क्रममा आवश्यक कागजात तथा बिलविजक नखुलेपछि विभागले कम्पनीका कागजात जफत गरी तीन दिनभित्र विभागमा स्पष्टीकरणका लागि उपस्थित हुन निर्देशन दिएको छ ।
कालोबजारी तथा केही सामाजिक अपराध र सजाय ऐन २०३२ मा सामान्य अवस्थामा सयकडा २० प्रतिशतभन्दा बढी नाफा लिन नहुने उल्लेख भए पनि विक्रेताले सोभन्दा बढी मूल्य तोकेर बिक्री गर्दै आएका पाइएको थियो । छापा मार्न पुगेका विभागका टोलीलाई कम्पनीले सवारीसाधन आयात गर्दा लागेको वास्तविक लागत–खर्चको स्पष्ट विवरणसमेत देखाएनन् । अनुगमनका क्रममा कम्पनीले भारतबाट ३ लाख १९ हजार ८९७ भारतीय रुपैयाँमा खरिद गरेको क्याइड आरएक्सटी जिरो एएमटी गाडी २३ लाख ५४ हजार २९० रुपैयाँमा बेचेको पाइएको छ । त्यस्तै, डस्टर आरएक्सई पेट्रोल गाडी ५ लाख १ हजार ४७ भारतीय रुपैयाँमा खरिद गरी ३५ लाख ५८ हजार ७ सयमा बिक्रिवितरण गर्दै आएको फेला परेको विभागले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: