
काठमाण्डौ – सेयर लगानीकर्ता संघले नेपाल राष्ट्रबैंकको कमजोर नियमनका कारण बैंक तथा बित्तीय संस्थाहरुको मनपरीतन्त्र बढेको भन्दै हस्तक्षेप गरी तरलताको समस्या समाधान गर्न अर्थमन्त्रीलाई आग्रह गरेका छन् । संघका उपाध्यक्ष ताराप्रसाद फूल्लेलको नेतृत्वमा गएको लगानीकर्ताहरुको समूहले बैकिङ प्रणालीको लगानीयोग्य रकमको चरम अभाव हुँदा समेत राष्ट्रबैंक रमिते मात्र बनेको, केन्द्रीय बैंकले लागूू गरेको ब्याजदर करिडरको मर्ममाथि निर्लज्ज प्रहार भएको र समस्या समाधानका लागि सम्बद्ध सरोकारवाला निकाय उदासीना रहेका आरोप लगाउँदै हस्तक्षेप गरी समाधान निकाल्न आग्रह गरेको हो ।
‘देशमा आर्थिक संकट सुरु भएको हो कि नियामक निकाय बैंक तथा बित्तीय संस्थाले जथाभावी गर्दा समेत रमिते बनेको बसेको हो ?’ प्रश्न गर्दै अर्थमन्त्रीलाई संघले बुुझाएको ज्ञापनमा भनिएको छ–‘राष्ट्रबैंकको नजरमा तरलता थियो भने बैंकले १३ प्रतिशत भन्दा माथि निक्षेप उठाउँदा समेत ऊ के हेरेर बस्यो ?’
राष्ट्रबैंकले पुस १४ गतेको मितिसम्म बैंकहरुमो ३४ अर्ब बढी तरलता रहेको भने पनि नवीलले १३.०२ र एनएमबी बैंकले १३.०५ प्रतिशतमा निक्षेप उठाएको उदाहरण पेश गर्दै केन्द्रीय बैंकको भनाई र धरातलीय यथार्थतामा आकाश जमीनको फरक भएको भनिएको छ । संघले बारम्बार तरलताको समस्या दोहोरिरहेको र यसको दीर्घकालीन समाधान खोज्नुको साटो नियामक निकाय एक अर्कामाथि दोष थोपरेर बसेका भन्दै रोष प्रकट गरेको छ । लगानीकर्ताको ज्ञापनपत्र बुुझ्दै अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समस्या समाधानका लागि यथाशक्य पहल थाल्ने वचन दिएका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्