Skip to content

ब्यापारी पौडेलको गोली हानी हत्या, मनोज पुनले लिए जिम्‍मा

Dish Home

अर्थ सरोकार

८ वर्ष अगाडि

बुटवल – रुपन्देहीको देबदहमा ब्यापारी बसन्त पौडेल गोली हानी हत्या भएको छ । गुण्डा नाईके मनोज पुन समूहको गोली प्रहारबाट फर्निचर व्यवसायी पौडेल बलुको मृत्यु भएकाे हाे । 
शुक्रबार विहान करिब सवा ११ बजे स्थानीय व्यपारी पौडेललाई डिस्कोभरी मोटरसाइकलमा आएका २ जनाले गोली हानेको हो । टाउकोमा गोली लागि गम्भीर घाइते भएका पौडेलको लुम्बिनी अञ्‍चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
मोटरसाइकलमा आएको समूहले गोली हानेर रोहिनी खोलातिर भागेको बताइएको छ । घटनापछि मनोज पुनले स्थानीय सञ्चारकर्मीहरुलाई फोन गरी आफ्नो समूहले गोली हानेको दाबी गरेका छन् ।
एमाले नेता दुर्गा तिवारी हत्याकाण्डका अभियुक्त पुन फरार छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्