×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाली विद्यार्थीमाथि भारतीय ‘व्यापारी’हरुको लुट, बसमा ‘मोबिल’ फेरेको खर्च पनि विद्यार्थीबाट असुल्दै !

PRIME CA
GLOBAL IME BANK

नेपाली विद्यार्थीमाथि भारतीय ‘व्यापारी’हरुको लुट, बसमा ‘मोबिल’ फेरेको खर्च पनि विद्यार्थीबाट असुल्दै !

२३ पुष २०७४, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- भारतीय ‘व्यापारी’हरुले नेपालमा सञ्चालन गरेको विद्यालय मोडर्न इन्डियन स्कुलले लुट मच्चाएको छ । विद्यार्थीहरुबाट पैसा असुल्ने नाममा स्कुलले बसभाडा छुट्टै र बस मर्मतका लागि लाग्ने अन्य खर्चपनि विद्यार्थीबाट असुल्ने गरेको पाइएको छ । अर्थ सरोकार डटकमले प्राप्त गरेको प्रमाणमा स्कुलले बसभाडा छुट्टै र सब चार्जेज फर बस भन्दै थप शुल्क लिइएको छ । यसबारे बुझ्दा मोडर्न स्कुलका कर्मचारीले अभिभावकलाई ‘बसमा मोबिल हाल्ने खर्च’ भनी बताएको अभिभावकले जानकारी दिएका छन् ।
भारतीय कोर्ष पढाइ, भारतीय राष्ट्रिय गान सिकाइ र यस्तो लुट !
मोडर्न इन्डियन स्कुलने नेपालमा मनपरी गरिरहेको छ । उक्त स्कुलमा भारतीय कोर्षका कितावहरु पढाइने गरिएको छ भने भारतीय राष्ट्रिय गानसमेत सिकाइने गरिएको छ । अरु त अरु, शुल्क लिने मामलामा पनि स्कुल निकै अगाडी छ । निकै तल्लो कक्षाको पढाइ शुल्क पनि महँगो छ । तर भारतीय दुतावासको फुर्ती लगायर स्कुलमा मनपरी हुने गरेको छ । अचम्म लाग्दो कुरा त स्कुलले सब चार्जेज फर बसका नाममा  प्रत्येक विद्यार्थीबाट ६०० रुपैयाँ उठाईरहेको छ । यसरी सरसर्ती हेर्दापनि बसभाडा बाहेक बसको अन्य खर्च भन्दै अभिभावकले लाखौँ रुपैयाँ मासिक स्कुललाई बुझाउनुपर्छ । नियम अनुसार बसभाडामा सबै शुल्क आउनुपर्ने हो । तर स्कुलले दादागिरी देखाउँदै छुट्टै खर्च असुलीरहेको छ ।

के भन्छ विद्यालय  र अभिभावक संघ ?
यसबारे हामीले विद्यालयमा सम्पर्क गरी सोधेका थियौं । तर विद्यालयकी कर्मचारीले यसबारे अभिभावकबाहेक कसैले पनि प्रश्न सोध्न नपाउने बताइन् । ‘यो प्रश्न हाम्रो अभिभावकले बाहेक अरु कसैले सोध्न पाउँदैन । तपाईं अभिभावक हो भने स्कुलमा आएर बुझ्नुहोस् । तर हामीले जे गरेपनि तपाईंलाई कुनै मतलव छैन ।’ स्कुलकि एक कर्मचारीले भनिन् । यता अविभावाक संघका पधाधिकारीले भने यसरी चर्को शुल्क असुल्नु गलत भएको बताएका छन् । भारतीय स्कुलको बारेमा बोल्दा आफुलाई गलत प्रेसर आउने भन्दै उनले नाम नबताउने सर्तमा भने, ‘यसरी शुल्क लिन त नपाउनुपर्ने हो । यसबारे हामी सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउंछौं ।’ संघका एक पदाधिकारीले भने ।    
‘कार्वाही’ बार्गेनिङ मात्रै !
यसो त विभिन्न विद्यार्थी संगठनहरुले स्कुलले गरेको गलत कार्य भन्दै स्कुलका गाडी जलाउने लगायतका कारवाही पनि नगरेका होइनन् । तर विद्यार्थी संगठन वा कुनै राजनीतिक संगठनले गर्ने यस्ता कार्य पनि पैसा उठाउने मेलो मात्रै बन्दै आएको छ । भारतीय दुतावासको संरक्षणमा चलेको यो विद्यालयले पढाइ र शुल्क अशुलीमा पनि मनपरी गर्दै आएको छ । तर भारतीय व्यापारीहरुले चलाएको स्कुल भएकाले कसैले पनि यो मामलामा बोल्न सकेको छैन । विद्यार्थी संगठन र अभिभावक संघपनि यो मामलामा लाचार बनेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: