×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

झक्‍कु र लेखनाथले दिए राजिनामा, झक्कु छोराको र लेखनाथ श्रीमतीको लाइनमा !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

झक्‍कु र लेखनाथले दिए राजिनामा, झक्कु छोराको र लेखनाथ श्रीमतीको लाइनमा !

१६ माघ २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नेकपा माओवादी केन्द्रका दुई चर्चित नेताले लेखनाथ न्यौपाने र झक्‍कु सुवेदीले राजिनामा दिएका छन् । सुवेदी र न्यौपानले एक महिना पहिले नै राजिनामा दिइसकेको बताइएको छ । सुवेदी स्थायी समिति सदस्य हुन् भने न्यौपाने पोलिट्‍ब्यूरो सदस्य ।
पेरिसडाँडाबाट प्राप्त स्रोत अनुसार प्रतिनिधि र प्रदेशसभामा पार्टीले खराब परिणाम ल्याएको भन्दै दुबै नेताले नैतिक रुपमा जिम्मा लिँदै राजिनामा दिएका हुन् । यसबारे माकेले अाधारिक रुपमा केही बताएको छैन । पार्टी अध्यक्षले प्रचण्डले नै राजिनामालाई सार्वजनिक नगर्न भनेपछि गुपचुपमै राखिएको छ ।
एमालेसँगको एकताप्रति पनि दुबै नेताहरुले फरक मत राख्दै अाएका छन् । केही दिन पहिले पार्टीकै एउटा कार्यक्रममा इन्चार्ज न्यौपानेले माकेले एमालेमा विलय हुन लागेको तर त्यो भन्न नमिल्ने भएका कारण अाफू चुप लागेको बताएका थिए ।
संयोजक सुवेदी छोरा सन्तोषको लाइनमा र न्यौपाने श्रीमतीको लाइनमा भएकै कारण राजिनामा दिएको भन्दै माओवादी केन्द्रका नेताहरुले व्यांग्य गर्न थालेका छन् । सन्तोष नेपाल कम्युनिस्ट पार्टीका रोल्पा सेक्रेटरी हुन् भने न्यौपानेकी श्रीमती कर्मचारी तथा गृहणी हुन् ।
संयोजक सुवेदीले पहिलो संविधान सभामा एमाले नेता माधव कुमार नेपाललाई हराएर चर्चामा अाएका थिए भने न्यौपानले लामो समय अखिल क्रान्तिकारीको शसक्त नेतृत्व गरेका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी