
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- केपी ओलीको मृत्यु भएको आसयको समाचार प्रकाशन गर्ने मोरङ अनलाइन डटकम बन्द भएको छ। उक्त अनलाइनले समाचार सम्प्रेषण गर्दा पत्रकार आचारसंहिता पालना नगरेको भन्दै प्रेस काउन्सिल नेपालले २४ घन्टे पत्राचार गरेलगत्तै अनलाइन बन्द गरिएको हो ।
उक्त अनलाइनले पुस २९ गते ‘दु:खद खबर: जीप दुर्घटनामा एमाले अध्यक्ष खड्गसहित ५ जनाको मृत्यु’ भन्ने शीर्षकमा प्रकाशित संखुवासभाको मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवालसहित ५ जनाको मृत्युको समाचारमा केपी ओलीको तस्विर राखेर गलत आशयको समाचार प्रकाशित गरेको थियो । उक्त अनलाइनले काउन्सिलको पत्रपछी क्षमा मागेको थियो भने सुचना विभागमा दर्ता नभएका कारण साइबर क्राइम अन्तर्गत केस जान सक्ने भएपछि वेव साइट नै बन्द गरेको हो।
प्रेस काउन्सिलले काटेको पत्रमा उक्त अनलाइनले पाठक बर्गमा भ्रम छर्ने नियतले न्युनतम मानवीय संवेदनाको समेत ख्याल नगरेको भन्दै पत्रकार आचारसंहिता २०७३ को दफा ५ (५), ५(७) बमोजिम उल्लघन भएको स्पष्ट पार्दै २४ घण्टाभित्र यस्तो भ्रमपूर्ण समाचार दिनुको कारण पेस गर्न निर्देशन दिएको हो | उक्त अनलाइनले २४ घण्टाभित्र लिखित कारण दिन नसके प्रचलित ऐन, कानुन एवं पत्रकार आचारसंहिता बमोजिम कारवाही हुने पत्रमा उल्लेख छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्