
काठमाडौँ – नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले माओवाद छोडेमात्रै एमालेसँग पार्टी एकता हुने बताए र माकेले पथ प्रदर्शक सिद्धान्त मान्दै अाएको ‘माओवाद’लाई छोड्नु पर्ने आफ्नो धारणा राख्दै अाएका छन् । माओवादी केन्द्रका अधिकांश नेताहरुले माओवाद मान्न एमालेलाई तयार गर्नुपर्ने बताउँदै अाएपनि नेता श्रेष्ठले भने छोड्नु पर्ने तर्क गरेका छन् ।
यसका साथै नेता श्रेष्ठले एमालेले ‘जनताको बहुदलीय जनवाद (जबज)’ पनि छोड्नु पर्ने बताउँदै अाएका छन् । उनको यस्तो भनाइ तथा तर्कपछि माकेभित्र चर्को अालोचना भएको एक नेताले भने । पार्टी एकताबारे बहस भइरहेको बेला माओवाद छोड्नु पर्ने तर्क गरेर अाफुलाई एमाले भएको पुष्टि भएको अारोप लाग्न थालेको छ ।
‘एकीकृत पार्टीको मार्ग निर्देशन सिद्धान्त के हुने भन्ने बहस जारी रहेको बेला नारायणकाजीले माओवाद छोड्नुपर्छ भनेर अाफूलाई एमालेको कित्ता उभ्याउनु भयो, उहाँमाथि लाग्दै अाएको अारोप अहिले पुष्टी भयो’ माओवादी केन्द्रका एक नेताले भने ।
एमाले अध्यक्ष केपी ओलीले एकतपछि बन्ने पार्टी वामपन्थी र कम्युनिस्ट नहुने संकेत गरेर बोलेजस्तै श्रेष्ठको भनाई अाएको भन्दै उनको पार्टीभित्र तीब्र अालोचना भइरहेको छ । श्रेष्ठको अभिव्यक्तिबारे अाजको बैठकमा पनि छलफल हुने बताइएको छ ।
उता एमालेका नेताहरुले पनि श्रेष्ठको भनाईको अालोचना गरेका छन् । जबज सही सावित भएका कारण माओवादीले पनि स्वीकार गर्नु पर्ने तर्क एमाले नेताहरुले गर्दै अाएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्