Skip to content
LAXMI SUNRISE BANK

पुषको ‘प्रेसर’ सकिएपछि अडिटर सापहरु खेल मैदानमा, विद्यार्थीसँग हार्यो सिएको टिम !

अर्थ सरोकार

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ- नेपाल चार्टड एकाउन्टेन्ट्स विद्यार्थी संगठन (एनकासा) ले हरेक बर्ष आयोजना गर्ने एनकासा क्रिकेट प्रतियोगिता यसपाली पनि संचालन भएको छ । सातौ एनकासा इन्टर फर्म टी २० क्रिकेट प्रतियोगितामा विभिन्न सिए फर्महरुले सहभागीता जनाएको  रमेश पन्थीले सिए सरोकारलाई जानकारी दिएका छन्। 
उक्त प्रतियोगितामा विभिन्न सिए फर्ममा काम गर्ने आर्टिकल ट्रेनी तथा एनकासामा रहेका सिए विद्यार्थीहरुको सहभागीता छ भने एनकासाले नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान)को समूहलाई पनि मैदानमा उतारेको थियो ।   एक्यान र एनकासाबीच भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगीतामा एक्यान ९२/६, एनकासा ९५/५ स्कोरसहित एनकासा बिजयी भएको छ । उक्त खेलमा एनकासाका अध्यक्षसमेत रहेका ऋषि पोखरेल म्यान अफ दी म्याच भएका छन् ।  
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK