
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- आन्तरिक राजश्व विभाग अन्तर्गत ठुला करदाता कार्यालयले लापरवाहीको पराकाष्टा नै देखाएको छ ।
ठूला करदाता कार्यालयले एनसेल बिक्री गर्ने टेलिया सोनेरालार्इ ६५ अर्ब ४० करोड रुपैयाँ पूँजीगत लाभकर तिर्न सूचना जारी गर्दा एनसेलको प्यान नम्बर नै बिगारेर ‘ब्लन्डर’ गरेको हो ।
पूँजीगत लाभकरको विवाद सर्वोच्च अदालतमा पुगेपछि कार्यालयले टेलिया सोनेरालार्इ कर तिर्न आउन सूचना जारी गर्दा यस्तो लापरवाही भएको हो । कार्यालयले आफ्नो सुचनामा प्यान नम्बर ३००३२५९४ उल्लेख गरेको छ । आन्तरिक राजश्व विभागको वेव साइटमा यो प्यान नम्बर हाल्दा ‘इन्भ्यालिड’ देखाउँछ ।
टेलियाले मलेसियाको एक्जियटालार्इ एनसेल बिक्री गर्दाको पूँजीगत लाभकर ६० अर्ब ७१ करोड रुपैयाँ तय भएको कार्यालयले जनाएको छ। तर तोकिएको समयमा कर नतिर्दा थप ब्याजसहित ६५ अर्ब ४० करोड रुपैयाँ पुगेको सुचनामा उल्लेख छ। सुचनामा तो किएको समयमा कर तिर्न नआए आयकर ऐनको २०५८ का आधारमा कारवाही गर्ने चेतावनी दिइएको छ। एनसेलको सहि प्यान नम्बर 300325694 हो ।
एक त अदालतमा विचाराधीन मुद्धामा कार्यालयले सुचना जारी गरेको छ । त्यसमाथि पनि गलत विवरसहितको सुचना जारी गरेपछि यो हदसम्मको लापरवाही गर्ने कार्यालयले कसरी कर उठाउला भन्ने चर्चा पनि चलिरहेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्