
नेपाल कम्युनिष्ट पार्टीले मोरङमा झण्डै २ बिगाहा खेतीयोग्य जमिन कब्जा गरेको छ । जिल्लाको कानेपोखरी गाउँपालिका ४ स्थित रमाइलाेमा आइतरानी लिम्बुको ३९ बिगाहा जमिन धरानका अशोक अग्रवालले ललाईफकाई हडपेकाे भन्दै नेकपाले कब्जामा लिएको हो ।
लिम्बु मानसिक रुपमा अवस्था छिन । त्यहि मौका छोपि भारतीय खुपिया एजेन्सी ‘रअ’ का एजेन्ट समेत रहेका अग्रवालले उनको जमिन हडपेका हुन् । लिम्बु हाल काठमाडौंमा छिन भने उनका आफन्त हङकङ बस्दै आएका छन् । लिम्बु मानसिक रुपमा अवस्था भएपछि २ बर्षअघि नै भूमाफियाहरूले उनकाे जमिन बेचेर खान खाेजेका थिए । तर नेकपाले खबरदारी गरेर झण्डा गाडेपछि २ बर्षअघिदेखि कसैले पनि जमिन किनबेच गर्न सकेका थिएनन् ।
अग्रवालले आफन्त विदेश भएको मौका छोपि अवस्थ लिम्बुलाई ललाईफकाई गरी जग्गा हडपेपछि नेकपाकाे युवादस्ता राष्ट्रिय युवाजनस्वयमसेवक र विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी)को संयुक्त टोलीले पुनः कब्जामा लिएको हो । आइतबार उक्त जमिनमा नेकपाले झण्डा गाड्दै जमिन किनबेच नगर्न अग्रवाललाई चेतावनी समेत दिएको छ ।
जनस्वयमसेवक र क्रान्तिकारीले उक्त जमिनमा युवाहरुलाई स्वरोजगार बनाउन विभिन्न कार्यक्रमहरु संचालन गर्ने जनाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्