
काठमाडौं – गत मंसिरमा भएको निर्वाचनमा पत्तासाफ नै हुनेगरी हार बेहोर्नु परेको पार्टी नेपाल काँग्रेस भित्र लगातार लफडा हुन थालेको छ ।
पार्टीले चुनावमा बेहोरेको हारको समिक्षा गर्न निरन्तर तल्लोतहदेखी माथिल्लो निकायसम्म बैठक छलफलहरु भइरहेकाबेला पार्टी केन्द्रीय समिति वा महासमिति वैठक बोलाउन भन्दै नयाँ लफडा सुरु गरेका छन् । यो नयाँ लफडा सुरु गर्ने नेताहरुमा केही देउवा पक्षकै छन्, भने केही देउवा पार्टी सभापति हुनुभन्दा पहिलादेखि नै देउवाको विरुद्धमा रहेका नेताहरु छन् ।
गगन थापा पार्टीको पुनर्गठनको पक्षमा माहोल बनाउनको लागि बढी सक्रिय देखिएका छन् । पछिलो पटक उनलाई पार्टीका अरु ७ जना केन्द्रीय सदस्यले होमा होस्टे गरिरहेका छन्।
गत हप्ता काठमाडौँको वानेश्वरमा छुट्टै भेलाको आयोजना नै गरेर पार्टी पुनर्गठनको बहस सुरुवात गरेका उनीहरुले तत्काल केन्द्रीय कार्यसमिति र महासमिति वैठकको माग गरेका छन्।
आइतवार मेलमिलाप दिवसको अवसर पारेर उक्त समुहमा रहेका ७ केन्द्रीय सदस्यहरुले एक लिखित बक्तव्य जारी गर्दै औपचारिकरुपमा पार्टी पुनर्गठन र परिमार्जनको बहस गर्न केन्द्रीय समितिको वा महासमिति वैठक आवस्यक भएको भन्दै यस्तो माग गरेका हुन्।
यसरी वक्तव्य जारी गर्नेहरुमा केन्द्रीय सदस्य चन्द्र भण्डारी, धनराज गुरुङ, विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे, गगन थापा, प्रदिप पौडेल र बद्रि पाण्डे रहेका छन् । उनीहरुले नेतृत्वलाई केन्द्रिय समिति र महासमिति वैठक बोलाउन दवाव पुग्ने र पार्टी भित्र आफ्नो समुहको बर्चस्व बढ्दै जाने देखेपछि यस्तो माग गरेका हुन्।
उनीहरुले ३ पेज लामो वक्तव्यमा मार्फत आफूहरुसँगै काँग्रेसलाई पनि वदल्ने संकल्प समेत लिएका छन्। पार्टीका आधिकारीक फोरमहरुमा छलफल चलाउनका लागि वैठकको माग राख्दै वक्तव्य जारी गरेका हुन् ।



Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्