Skip to content
LAXMI SUNRISE BANK

दैवी विपत्तिका बेला खाद्य संकट हटाउन जापान सरकारले ३२ करोड अनुदान दिने

अर्थ सरोकार

काठमाडौँ – नेपाल सरकारलाई जापान सरकारले  ३२ करोड ४८ अनुदान उपलब्ध गराउने भएको छ । 
उक्त अनुदान खाद्य सहायता कार्यक्रम कार्यान्वयन गर्न, दुर्गम क्षेत्रमा खाद्य सुरक्षा सुनिश्चित गर्न तथा भूकम्प, बाढीजस्ता दैवी विपत्तिका बेलामा पनि खाद्यान्न अभाव हुन नदिन जापान सरकारले खाद्यान्न खरिद गर्न रकम उपलब्ध गराउन लागेको हो ।
बाढीले नेपालको कृषि क्षेत्र नराम्ररी प्रभावित भएको प्राकृतिक विपत्तिका कारण उत्पन्न प्रतिकूल अवस्थामा खाद्यान्न अभाव हुन नदिन जापान सरकारको केनेडी राउण्ड योजनाअन्तर्गत रकम उपलब्ध गराउन लागेको हो ।
बिहिबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासासी ओगावा र अर्थ मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले अनुदान सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
आपूर्ति मन्त्रालयको नेतृत्वमा नेपाल खाद्य संस्थानले कार्यक्रम कार्यान्वयन गर्नेछ । राजदूत ओगावाले नेपालका दुर्गम जिल्ला खाद्यान्न संकटबाट मुक्त हुने विश्वास व्यक्त गरे ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK