×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दरबारमार्ग बलात्कार प्रकरणः घटनाले लियो नयाँ मोड, प्रहरी अधिकारीको जागिर धरापमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

दरबारमार्ग बलात्कार प्रकरणः घटनाले लियो नयाँ मोड, प्रहरी अधिकारीको जागिर धरापमा

१७ माघ २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – काठमाडौँको दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा एक युवतीमाथि भएको सामूहिक बलात्कारको घटना गुपचुप राख्ने प्रहरीका सई निलम्बनमा परेका छन् । त्यस्तै वृत्तका प्रमुख डीएसपीलाई महानगरीय प्रहरी परिसरमा तानिएको छ ।
त्यसैगरी घटना लुकाउनमा संलग्न प्रहरी निरिक्षक लक्ष्मणसिंह ठकुरीलाई प्रहरी प्रधान कार्यालयको १ नम्बर गणको थुनामा राखिएको प्रहरीले जनाएको छ । घटनाको छानबिन गर्न महानगरीय प्रहरी परिसर काठमाण्डुका एसपी रामदत्त जोशीको नेतृत्वमा समिति गठन भएको थियो । समितिको अनुसन्धानपछि वृत्तमा कार्यरत सई चन्द्र भण्डारीले घटना लुकाउनमा मुख्य भूमिका खेलेको भन्दै उनलाई निलम्वन गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी रविन्द्र धानुकले जानकारी दिए ।
गत बिहिबार उक्त होटेलमा एक महिलाको सामूहिक बलात्कारका दोषीलाई पैसा खाएर मिलाउन खोजिएको थियो । उनका अनुसार अभियुक्तसँग मिलेर बलात्कारको घटनालाई लुकाउन खोज्ने प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरीलाई थुनामा राखिएको छ भने डीएसपी तिलक भारतीलाई अनुसन्धानका लागि महानगरीय प्रहरी प्रहरी परिसरमा तानिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी