×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जो अगुवा, उही बाटो…, जीएमको ठाडो आदेशमा नेप्सेले गर्यो यस्तो गैरकानुनी काम, उडायो कानुनको धज्जी !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- गलत मान्छे कुर्सीमा पुगेपछि संस्था कति धरासायी हुन्छ भन्ने तथ्यको पछिल्लो उदाहरण हो नेप्से । पैसा बुझाएर नेप्सेको जीएम बनेको आरोप लागेका चन्द्र साउद अहिले त्यहि पैसा उठाउन अनेकौं तिकडम गरिरहेको आरोपसमेत उनलाई लागिरहेको छ । नेप्सेमा भएको संकास्पद आगलागी होस्, वा कमिसनको कुरा नमिल्दा ढिलाई भएको अनलाइन, सबैजसो प्रकरणमा चन्द्र साउदमाथि औंला ठडिएको छ । यस्तैमा चन्द्र साउदको ठाडो निर्देशनमा नेप्सेले कानुनको धज्जी उडाएको छ ।   

यस्तो छ नेप्सेले गरेको गैरकानुनी काम 
कम्पनी ऐन २०६३ अनुसार कुनै पनि कम्पनीले साधारणसभा र लाभांश घोषणा गर्नु २१ दिन अघि नै सार्वजनिक सूचना जारी गर्नुपर्छ । यसो नगरेमा सो काम गैरकानुनी ठहरिन्छ र कम्पनी ऐन अनुसारको कारवाहीको भागीदार हुनुपर्छ । तर त्यहि कानुनको बर्खीलाप गर्दै नेप्सेले भने साधारणसभाबारे सूचना गर्दा उक्त सूचनामा के कति लाभांश दिने हो त्यसबारे केहि उल्लेख छैन । यो सरासर नियम विपरित हो । २१ दिन अघि सार्वजनिक सूचना जारी गर्नुपर्ने हुनाले नेप्सेले पुष ८ गतेको गोरखापत्रमा साधारणसभा बस्ने बारेको सूचना सार्वजनिक गरेको छ । तर उक्त सुचनामा साधारणसभाले कति प्रतिशत लाभांश पारित गर्ने हो त्यसबारे केहि उल्लेख छैन । 

बल्मिच्याइ गरेर ‘गैरकानुनी’ काम गर्ने साउद के भन्छन् ?
यता यसबारे चन्द्र साउदको भनाइ भने फरक छ । ‘नेप्से संचालक समितिमा सबै शेयरधनीको प्रतिनिधित्व छ ।  संञ्चालक समितिलाई लाभांशको निर्णय थाहा भैसकेको छ । त्यसैले पनि लाभांशको दर सार्वजनिक गरेनौं ।गत आर्थिक बर्षको कमाईबाट ५० प्रतिशत नगद लाभांश दिने निर्णय भएको छ ।’ साउदले भने । तर नेप्सेले गरेको बलमिच्याई र यसले गर्ने असरबारे भने साउदले केहि बताएनन् ।  नेप्सेले गत आर्थिक बर्ष ३७ करोड २० लाख रुपैयाँ खुद मुनाफा गरेको छ । जवकी अघिल्लो आर्थिक बर्ष नेप्सेले ४७ करोड ४९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो।

यता नेप्सेका अन्य कर्मचारीले भने जीएमको ठाडो आदेशमा यसरी गैरकानुनी रुपमा सुचना निकालिएको हो । 

हेर्नुस, नेप्सेले पुष ८ मा गोरखापत्रमा सार्वजनिक गरेको बार्षिक साधारणसभा बस्ने बारे जारि गरेको सार्वजनिक सूचना
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: