
नेपालगञ्ज – अंग्रजी नयाँ बर्षकै दिन नेपालगञ्जमा दुखद घटना घटेको छ । ‘न्यु इयर’ मनाउनको लागि साथीसँग होटलमा पुगेकी एक युवतीमाथि बलात्कार भएको छ ।
सुर्खेतरोडस्थित होटल सिग्नेटमा आइतबार ‘न्यु इयर’ पार्टीको आयोजना गरिएको थियो । घटनामा सीता एयर नेपालगञ्जका स्टेशन म्यानेजर मनोज गिरी भारती पनि मुछिएका छन् । सुर्खेत घर भइलामो समयदेखि होटल सिग्नेटमा बस्दै आएका मनोजले आइतबार सुर्खेतका ४३ वर्षीय निरज गुरुङका साथै केही महिला साथीहरुलाई त्यहि होटलमै बोलाए ।
होटल प्रशासनका अनुसार मनोज ३२१ कोठामा बसेका थिए भने गुरुङ ३०५ मा बसेका थिए । मदिरा सेवन गरेका गुरुङले मध्यरातमा कोठा नम्बर ३०५ मा बसेकी युवतीलाई बलात्कार गरेका छन् । पीडित युवती मनोजको आमन्त्रणमा नै होटल गएकी थिइन् ।
मनोज आफ्नो कोठामा प्रवेश गरेर मादिराको बोटल देखाएर धम्क्याएको र बलात्कार गरेको पीडित यूवतीको बयान छ । उनले बाथरुममा लुकेर प्रहरीलाई फोन गरेको र उनको उद्दार गरेको बाँकेका निमित्ति प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र अर्यालले जानकारी दिए ।
बाँके प्रहरीले बलात्कारको अभियोग लागेका निरज गुरुङसँगै मनोजलाई पनि हिरासतमा लिएको छ । प्रहरीले अनुसन्धानको लागि होटलका सिफ्ट म्यानेजर कपिल रञ्जुलाई समेत नियन्त्रणमा लिएको छ ।
पीडित युवती र गुरुङको मेडिकल जाँच गराइएको र रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धानका लागि प्रहरी जुटेको छ । सीता एयर नेपालगञ्जका स्टेशन म्यानेजर मनोज पनि घटनामा संग्लन हुनसक्ने प्रहरीकाे अनुमान भए पनि सत्यतथ्य बाहिर अाउन बाँकी नै रेहकाे बताइएकाे छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्