Skip to content
LAXMI SUNRISE BANK

एन आई सी एशिया बैंकको सञ्चालन मुनाफामा २५ % ले वृद्धि

अर्थ सरोकार

काठमाडौँ – एन आई सी एशिया बैंक लिमिटेडले चालु आ.व. २०७४/७५ को दोस्रो त्रैमासिकमा सम्भावित नोक्सानी अघिको सञ्चालन मुनाफामा २५ प्रतिशतको वृद्धि हासिल गरेको छ । बैंकले गत वर्षको सोही अवधिको रु.०.८९ अर्ब मुनाफाको तुलनामा चालु वर्ष रु.१.१२ अर्ब सञ्चालन मुनाफा आर्जन गरेको छ । सञ्चालन मुनाफाले उक्त संस्थाले आफ्नो मुख्य सञ्चालन कारोवार मार्फत आर्जन गरेको मुनाफा तथा उक्त मुनाफाको स्वस्थ वृद्धिले संस्थाको दीर्घकालीनात्मक सञ्चालनको प्रत्याभूति प्रतिबिम्बित गर्दछ ।
साधारणतया, कर्जा नोक्सानी व्यवस्थामा हुने घटबढ तथा उक्त व्यवस्थाबाट फिर्ताले बैंकको खुद मुनाफामा उल्लेख्य प्रभाव पार्ने गर्दछ । गत वर्षको सोही अवधिमा कर्जा नोक्सानी व्यवस्थाबाट उल्लेख्य फिर्ता रु.३२.८३ करोड भएको हुनाले रु.७२.१४ करोड खुद मुनाफा भएकोमा चालु आ.व. को दोस्रो त्रैमासिकमा बैंकले रु.५७.१७ करोड खुद मुनाफा आर्जन गर्ने सफल भएको छ । चालु आ.व. मा बंैकको सञ्चालन मुनाफामा भएको स्वस्थ वृद्धि तथा कर्जामा उल्लेख्य वृद्धिका कारणले असल कर्जाको कर्जा नोक्सानी व्यवस्थामा रु ३६ करोडको वृद्धिका वावजुद पनि बंैकले दोस्रो त्रैमासिकमा आर्जन गरेको खुद मुनाफा उत्साहजनक रहेको छ । बैंकको रु १४० अर्ब बराबरको वासलात आकार तथा खुद व्याजदर अन्तरमा निरन्तर सुधारका कारण बैंकले आगामी त्रैमासिकहरुमा मुनाफामा उत्साहजनक वृद्धि हासिल गर्ने अपेक्षा गरेको छ ।
वार्षिक विन्दुका आधारमा बैंकले आफ्नो कर्जामा रु ३५ अर्बबाट रु १०२.२० अर्ब तथा निक्षेपतर्फ रु ४१.४० अर्ब बाट रु १२०.४६ अर्बको वृद्धि हासिल गरेको छ, जुन नेपाली बैंकिङ्ग ईतिहासमा कुनै पनि बैंकले वार्षिक विन्दुका आधारमा हासिल गरेको वृद्धिका हिसाबले हाल सम्मकै उच्च वृद्धि हो । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK