
एनआईसी एशिया बैंकको २ नयाँ शाखाहरुको औपचारिक उद्घाटन सम्पन्न भएको छ । मेचिनगर नगरपालिका वडा नं. १०, झापा स्थित काकरभिट्टा र मेचिनगर नगरपालिका वडा नं. ०६, झापा स्थित धुलाबारीमा सोमबार (माघ ८ गते)एक समारोहका बिच शाखा कार्यालयहरुको औपचारिक रुपमा सउद्घाटन गरिएको हो । मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यले धुलाबारी शाखा र काकरभिट्टा शाखाको औपचारिक रुपमा उद्घाटन गरे ।
शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरुमध्ये एक हो । उल्लेखित २ शाखा कार्यालयहरुको समुद्घाटन सँगै हाल यस बैंकले अधिराज्यभर १५७ शाखा कार्यालयहरु, १४६ एटिएम एवंम् ४ एक्स्टेन्सन काउन्टरहरुबाट ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्