
काठमाडौं – एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुको सुबिधालाई मध्य नजर गर्दै आफ्नो सेवालाई थप प्रविधिमुलक बनाउदै भाइबर बैकिङ सेवा संचालन गरेको छ । भाइबर बैकिङ्ग सेवा ग्राहकले सहज रुपमा आˆनो मोबाइल, ल्यापटप, ट्याबलेट, कम्प्युटर लगायतबाट प्रयोग गर्न सक्नेछन् ।
भाईबर बैकिङ्ग सुबिधा लिनको लागि भाइबर एप्लिकेशनमार्फत एनआईसी एशिया बैंकको पब्लिक एकाउन्टलाई सस्क्राइबगरी यसबाट आवश्यक जानकारी लिन सकिनेछ ।
भाइबर बैकिङ्ग सेवा मार्फत ग्राहकहरुले एन आई सी एशिया बैंकको शाखा कार्यालयहरु तथा एटिएम संञ्जालहरुब्ाारे जानकारी, लोन इगिबिलिटी चेकिङ, अनलाइन एकाउन्ट ओपनिङ, बैकिङ्ग समय सम्बन्धि जानकारी, बिदेशी बिनिमयदर सम्बन्धि जानकारी, ब्याजदर सम्बन्धि जानकारी एवं बैंक सम्बन्धि अन्य आवश्यक जानकारी सजिलै प्राप्त गर्न सकिने छ ।
त्यस्तै गरी, एन आई सी एशिया बैंकको मोबाइल बैकिङ्ग सेवामा रजिष्टर भएको ग्राहकहरुले भाइबर बैकिङ्ग सेवा मार्फत आˆनो खाताको सम्पूर्ण जानकारी सजिलै प्राप्त हुनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्