Skip to content
LAXMI SUNRISE BANK

एनआईसी एशिया बैंकको नयाँ शाखा झापाको झिलझिलेमा

अर्थ सरोकार

एनआईसी एशिया बैंकले शिवसताक्षी नगरपालिका वडा नं. ०८, झापा स्थित झिलझिले शाखाको विधिवत् रुपमा उद्घाटन गरेको छ । विहीबार (माघ ४ गते) एक समारोहका बिच नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले उक्त शाखाको उद्घाटन गरे । 
शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा अग्रणी बैंकहरु मध्ये एक मानिने एनआईसी एशिया बैंकले अधिराज्यभर १५७ शाखा कार्यालयहरु, १४६ एटिएम एवंम् ४ एक्स्टेन्सन काउन्टरहरु मार्फत ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखाहरु संचालन गर्ने योजना अगाडी सारेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK