Skip to content
LAXMI SUNRISE BANK

एनएमबि बैंकको कार्डबाट भुक्तानी गर्दा मेडिसिटी अस्पतालमा १० प्रतिशतसम्म छुट

अर्थ सरोकार

एनएमबि बैंक लिमिटेडले आफ्ना ग्राहक तथा कर्मचारीहरुका लागि नेपालको आधुनिक अस्पताल नेपाल मेडिसिटी अस्पतालमा उपचार गराउँदा बिशेष परार्मश सहित अस्पतालको बिभिन्न सेवा तथा सुबिधाहरुमा दश प्रतिशतसम्मको छुट प्रदान गर्ने व्यबस्था गरेको छ । 
ग्राहकहरुले बैंकको एनएमबि भिसा डेबिट तथा एनएमबि क्रेडिट कार्डको प्रयोग गरी अस्पतालको अन्तराष्ट्रिय स्तरको प्रविधि, उपकरण तथा अनुभवी डाक्टरहरुको उपचार लगायत बिभिन्न सेवा तथा सुबिधाहरुमा यो बिशेष छुट सुबिधा प्राप्त गर्न सक्नेछन् । 
बैंकले आफ्ना ग्राहकवर्गहरुलाई लाभान्वित गराउन तथा केही अत्तिरिक्त सुविधा दिने उद्देश्यले लामो समयदेखि यस्ता बिभिन्न खाले योजनाहरु ल्याउने गरेको बैंकले जनाएको छ । हाललाई यो सम्झौता एक वर्षका लागि गरिएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK