
काठमाडौं – पौष २० गते (बिहिबार) प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय पार्टी बनेका पाँच दलका शीर्ष नेताको बैठक बोलाएका हुन् । उक्त सर्वदलीय बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् ।
बिहिबार बोलाएको बैठकमा दलहरुबीच सहमति गरेर प्रदेश प्रमुख तोक्नेबारे छलफल गर्न प्रधानमन्त्री देउवाले बैठक बोलाएका हुन्।
एमाले अध्यक्ष ओली केही दिन देखि झाडापखाला लागेका कारण अस्वस्थ्य हुनुहुन्छ । अहिले उनी बालकोट निवासमा आराम गरिरहेका छन्। ओली स्वास्थ्यका कारण बैठकमा सहभागी नभएका हुन् भन्ने प्रश्नमा उनका प्रेस संयोजक चेतन अधिकारीले भने- होइन, उहाँको स्वास्थ्य अहिले ठिक छ। अरू राजनीतिक भेटघाट गरिरहनुभएको छ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले नेताहरु सुवास नेम्वाङ, भीम रावल, विष्णु पौडेल, अग्नि खरेल, कांग्रेस नेताहरु रामचन्द्र पौडेल, विजय गच्छदार, सशाङ्क कोइराला, कृष्ण सिटौला, माओवादी नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, संघीय फोरमका राजेन्द्र श्रेष्ठ, राजपाका महेन्द्र राय, राजेन्द्र महतो लगायतका नेताहरु सहभागि थिए । एमाले अध्यक्ष केपी ओली भने अस्वस्थताका कारण बैठकमा उपस्थित हुन सकेनन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भर्खरै सम्पन्न बैठकमा प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न वाम गठबन्धनका नेताहरुले सहमति भएको कांग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिएका छन् ।
माओवादी नेताहरुले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने विषय सरकारको भएको भन्दै ति काम छिटो गर्न सुझाव दिएको बैठकपछि संचारकर्मीहरुसंग कुरा गर्दै पौडेलले बताए ।
त्यस्तै बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचनको मिति तोक्न पनि सरकारलाई दलका नेताहरुले सुझाव दिएका थिए । सर्वदलीय बैठकमा सहमति जुटाएर सरकारले आज बस्ने मन्त्रिपरिषद बैठकबाट यी तीनवटै विषयमा निर्णय गर्ने तयारी गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्