
काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओली मंगलबारदेखि अस्वस्थ भएपछी बुधबार हुने भनिएको प्रचण्ड ओली भेटवार्ता स्थगित भएको छ । पार्टी एकता लगायतका विषयमा छलफल गर्न बोलाइएको भनिएको भेटवार्ता ओलीकों स्वास्थ्यमा सुधार नभएको खबरपछि तत्कालका लागि टरेको प्रचण्डका प्रेस सहयोगी मनहरी तिमल्सिनाले जानकारी दिए ।
‘एमाले अध्यक्षज्यूको अस्वस्थताका कारण बुधवार भेट हुने कार्यक्रम छैन’ तिमल्सिनाले भने, ‘उहाँ स्वस्थ्य भएपछि हामी जतिवेला पनि तयार छौ ।’ यसअघि मंगलवार बसेको माओवादी केन्द्रीय कार्यालयको बैठकले बुधवार ओलीसँग छलफल गर्ने निर्णय गरेको थियो ।
प्रचण्ड र ओलीबीच गत बिहीवार भएको छलफलमा पार्टी एकता संयोजन समितिको बैठक एक दुई दिनमा बस्ने सहमति भएको थियो । ‘पहिला दुई अध्यक्ष मिलेर एजेण्डा बनाएपछि मात्र संयोजन समितिको बैठक बस्छ’ प्रचण्डका सहयोगी तिमल्सिनाले भने ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्