
काठमाडौं – वाम गठबन्धनले राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँड र प्रदेश सरकार गठनका लागि संयुक्त कार्यदल गठन गरेको छ । एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको मंगलबारको बैठकले दुवै पार्टीका नेताहरू रहेको ६ सदस्यीय संयुक्त कार्यदल गठन गर्नेसहित तीनबुँदे निर्णय गरेको हो ।
कार्यदललाई राष्ट्रिय सभा, प्रदेश संसद् र प्रदेश सरकार गठनसम्बन्धी समग्र गृहकार्य गर्ने कार्यादेश दिइएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।
राज्यको ढुकुटी हिनामिना गर्नेलाई ‘राजनीतिक कारबाही’
बैठकले राष्ट्रिय ढुकुटी रित्याउने गरी कार्यकर्ता पोस्न धमाधम रकम बाँडिएकोमा गम्भीर आपत्ति जनाउँदै त्यस्तो काममा संलग्न हुनेहरूलाई नयाँ सरकार गठन भएपछि ‘राजनीतिक कारबाही’ गर्ने निर्णय गरेको छ । ‘कामचलाउ देउवा सरकारले राज्यको ढुकुटी रित्याउने गरी कार्यकर्ता पोस्न करोडौँ रुपैयाँ बाँडिरहेको छ, यसरी हिनामिना गरिएकोमा बैठकले आपत्ति प्रकट गरेको छ,’ गौतमले भने, ‘त्यस सन्दर्भमा नयाँ बन्ने सरकारले पुनर्मूल्यांकन गर्दै त्यस्तो काममा संलग्न हुनेलाई राजनीतिक कारबाही गर्ने निर्णय गरेको छ ।’
ओली र प्रचण्डले भने, ‘१५ सालपछिकै धेरै सिट पायौँ, एकता गरेरै छाड्छौँ’
बैठकमा एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेसम्मको छलफलको सिलसिला ‘ब्रिफिङ’ गर्दै वाम सरकार गठन र पार्टी एकता गरेरै छाड्ने संयुक्त प्रतिबद्धता जनाएका थिए ।
‘पार्टी एकता हुन्छ कि हुन्न भन्ने प्रश्नै छैन, यो ऐतिहासिक दायित्वबाट हामी पन्छिदैनौँ,’ दुवै नेताले बैठकमा जनाएको प्रतिबद्धता उद्धृत गर्दै एमाले उपाध्यक्ष वामदेव गौतमले भने, ‘पार्टी एकता र वाम सरकारकै नाममा ०१५ पछि सम्पन्न अहिलेसम्मको निर्वाचनमध्ये यसपटक झन्डै दुईतिहाइ सिटमा वाम गठबन्धनलाई जनताले जिताएका छन्, त्यसैले हामी जनताको त्यो जनादेश र विश्वास टुट्न दिँदैनौँ, वाम सरकार गठन र पार्टी एकता गर्ने ऐतिहासिक दायित्वबाट दायाँ–बायाँ हुनेछैनौँ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्