Skip to content
LAXMI SUNRISE BANK

माओवादी केन्द्रले पार्टीबाट निकाल्यो २ नेता, पैसा खाएर टिकट वितरणमा चलखेल गरेको आरोप !

अर्थ सरोकार

काठमाडौँ- नेकपा माओवादी केन्द्र पर्साले दुई नेतालाई कारबाही गरेको छ । प्रदेश र प्रतिनिधिसभाको चुनावको टिकट वितरणमा चलखेल गरी इमान्दार नेता–कार्यकर्तामाथि घात गरेको भन्दै नेकपा माओवादी केन्द्र पर्साले दुई नेतालाई कारबाही गरेको हो ।
बुधबार एक पत्रकार सम्मेलन आयोजना गर्दे माओवादी केन्द्र पर्साले अर्याल र महतोले प्रदेश र प्रतिनिधिसभाको चुनावको टिकट वितरणमा चलखेल गरी इमान्दार नेता–कार्यकर्तामाथि घात गरेको जनाएको छ। उनीहरुमाथि चुनावको टिकट बेचेर लामो समयदेखि पार्टीमा योगदान पुर्‍याएकाहरुमाथि विश्वासघात गरेको आरोप लगाइएको छ।
अर्याल हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा पर्सा क्षेत्र नम्बर ४ बाट पराजित भएकी थिइन् । जिल्ला इन्चार्ज उर्मिला अर्याल र जिल्ला संयोजक विजय महतोलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निश्कासन गरेको घोषणा गरेको हो ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK