×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इन्धनको मूल्य बढ्यो, पेट्रोल अब लिटरको १०२ रुपैयाँ , खाना पकाउने ग्यास पनि महंगियो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

इन्धनको मूल्य बढ्यो, पेट्रोल अब लिटरको १०२ रुपैयाँ , खाना पकाउने ग्यास पनि महंगियो

Artha Sarokar

१७ पुष २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

१७ पुस, काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य बढाउने निर्णय गरेको हो ।

निगम प्रवक्ता विरेन्द्र गोइतका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर एक-एक रुपैयाँ मूल्य बढाइएको छ । यसैगरी खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ र हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ३ रुपैयाँ बढाइएको गोइतले जानकारी दिए ।

नयाँ मूल्यअनुसार पेट्रोल एक लिटरलाई १०२ रुपैयाँ पर्ने छ । डिजेल र मट्टितेलको एक लिटरको मूल्य ७९-७९ रुपैयाँ पुगेको छ । यसैगरी खाना पकाउने ग्यास एक सिलिण्डर किन्दा १ हजार ३ सय ७५ रुपैयाँ तिर्नुपर्ने छ । हवाई इन्धन आन्तरिकमा ३ रुपैयाँ बढेर ९० रुपैयाँ प्रतिलिटर पुगेको छ ।

नयाँ मूल्य अनुसार अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनका पनि प्रति ब्यारेल ५० डलर बढाएर ९ सय डलर बनाइएको छ ।

नयाँ मूल्य सोमबार मध्यरातिदेखि लागू हुनेछ । मूल्य समायोजन गरेपछि निगमको मासिक घाटा घटेर २६ करोड ४० लाखमा झरेको प्रवक्ता गोइतले जानकारी दिए ।

अहिले निगमलाई पेट्रोलमा भने लिटरको २ रुपैयाँ ८३ पैसा नाफा छ । तर, ग्यसमा प्रतिसिलिन्डर २ सय ८ रुपैयाँ घाटा छ । डिजेलमा पनि निगमलाई २ रुपैयाँ ७१ पैसा नाफा छ ।

तराईमा तेलका हकमा यो मल्य भन्दा प्रतिलिटर १ रुपैयाँ ५० पैसा र पोखरा तथा दाङमा ५० पैसा कम पर्छ । दिपायल, सुर्खेत र काठमाडौंको मूल्य भने एउटै हुने निगमले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी