
काठमाडौं । पार्टीभित्र र बाहिर चर्को अालोचना हुन थालेपछि माओवादी केन्द्रका मन्त्रीहरुले राजिनामा दिने भएका छन् ।माकेले प्रतिपक्षी नेकपा एमालेसँग पार्टी एकतासहितको चुनावी तालमेल गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले माकेका मन्त्रीहरुलाई विना विभागीय बनाएका थिए । प्रधानमन्त्री देउवाले पटक पटक राजिनामा दिन अाग्रह गर्दापनि नसुनेझैं गरेर मन्त्री क्वाटरमा बसिरहेका माओवादी केन्द्रका सबै मन्त्रीहरुले विहीबार सामुहिक राजिनामा दिएका छन् ।
निर्वाचन भाड्ने षड्यन्त्र रोक्न भन्दै चुनाव राजिनामा दिन नमानेको माओवादी केन्द्रले चुनावपछि पनि राजिनामा दिन नलगाएपछि पार्टीभित्रै चर्को अालोचना भएको थियो ।
विहीबार साँझै राजिनामा पत्र प्रधानमन्त्री देउवालाई बुझाउने तयारी भइरहेको विनाविभागीय मन्त्री प्रभाकरले जानकारी दिए । पार्टीबाट नेतृत्व गरेका कृष्णबहादुर महरा राजधानी बाहिर भएका कारण विनाविभागीय मन्त्री गिरिराजमणी पोखरेलले राजिनामा पत्र बुझाउन लागेको बताइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्