×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्रीका लागि आएको अफरवारे प्रचण्डले मुख खोले, यस्तो रहेछ भित्रि कुरो

PRIME CA
GLOBAL IME BANK

प्रधानमन्त्रीका लागि आएको अफरवारे प्रचण्डले मुख खोले, यस्तो रहेछ भित्रि कुरो

२० पुष २०७४, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – नेकपा  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई काँग्रेसले प्रधानमन्त्रीका लागि अफर गरेको उनले बताए । तर, उनले चुनावी गठबन्धन भन्दा बाहिर गएर आफु प्रधानमन्त्री नहुने बताएका छन् ।
काँगेसले प्रधानमन्त्रीका लागि अफर गरेको छ किन भन्ने प्रश्नमा आज पार्टी मुख्यालयमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले भने, ‘मैले त्यस्तो सोचेको छैन । बामगठबनधन बनाएर निर्वाचन लड्यौँ । पार्टी एकताको संकल्प गरेर निर्वाचन लड्यौ । जनताले अनुमोदन गरेकाले त्यो भन्दा बाहिर गएर मैले प्रधानमन्त्री हुने सोचेको छैन ।’
अव सरकार निर्माणको बाटो पनि खुला भएको र अध्यादेश पनि अगाडि बढेको छ । त्यसैले अब कुनै समस्या नभएकोले कानुनी प्रक्रिया पुरा गरि छिटो भन्दा छिटो सरकार गठन  गर्ने बारे उनले बताउनु भयो । त्यसका साथै प्रचण्डले एकदुई दिनमा पार्टी एकता संयोजन समितिको वैठक बसेर एकताको प्रक्रिया अगाडि बढाउने बताए ।
यसैबीच पूर्व तयारी अनुसार बुधबार एमाले अध्यक्ष केपी अ‍ोली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच हुने भनिएको भेटवार्ता स्थगित भयो । एमाले अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार अध्यक्ष ओलीको स्वास्थ्यमा आएको समस्याका कारणले गर्दा बुधबार हुने भनिएको भेटवार्ता स्थगित भएको हो ।
दुई नेतावीचको भेटवार्तापछिमात्रै पार्टी एकता संयोजन समितिको बैठक बोलाउन यसअघि दुवै नेता सहमत भएका थिए । पार्टी एकता गर्न पार्टी एकता संयोजन समितिको बैठक छिटो डाक्नुपर्ने दवाव नेताहरुलाई छ ।
एकताबारे फरक फरक धारणा आउन थालेपछि माओवादी बैठकमा अध्यक्ष प्रचण्डले एकताबारे शंका नगर्न आग्रह गर्दै आफु र ओलीबीच भेटबार्ता भएलगत्तै एकता संयोजन समितिको बैठक राख्ने बताएका थिए ।
तर, विगत केही दिनयता एमाले अध्यक्ष केपी ओली अस्वस्थ भएपछि उनीहरुबीचको भेटबार्ताको समय लम्विएको हो । दुई नेताहरुबीच सैद्धान्तिक रुपमा पार्टी एकता गर्ने भने पनि सगठनात्मक रुपमा सहमतिको खाका नबन्दा एकता घोषणामा ढिलाई हुदै आएको छ ।
एमाले अध्यक्ष ओली र प्रचण्डबीच पछिल्लो पटक गत शुक्रबार भेटघाट भएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: