Skip to content
LAXMI SUNRISE BANK

प्रचण्ड भेट्न मोहनविक्रम किन पुगे खुमलटार ? यस्तो छ भित्री रहस्य

अर्थ सरोकार

काठमाडौं – नेकपाका महामन्त्री मोहनविक्रम सिंह बिहीबार बिहान साढे ७ बजेतिर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)  भेट्न खुमलटार निवासमा पुगेका थिए।
उक्त भेटमा उहाँहरुबिच वाम गठबन्धनलाई कायमै राखेर अगाडि बढ्नेबारे छलफल भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ। नेता सिंहले वामपन्थीहरू मिलेर अघि बढ्दा मात्रै मुलुकमा राजनीतिक स्थिरता र विकास सुनिश्चित हुने कुरामा जोड दिएका थिए।
अध्यक्ष प्रचण्डले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा वामपन्थी मिल्दा राम्रो नतिजा आएको बताउँदै राष्ट्रिय सभा निर्वाचनमा पनि एमाले, माओवादी केन्द्र र मसालबीचको चुनावी तालमेललाई कायमै राखिने बताए।
भेटमा दुवै नेताहरू राष्ट्रिय सभा निर्वाचनमा साझा उम्मेदवार खडा गर्दै वामपन्थी एकता र तालमेललाई बलियो बनाएर अगाडि बढ्न सहमत भएका छन्।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK