
काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न भारतीय रअ प्रमुख अनिल धसमानासहित कांग्रेस नेता अमरेशकुमार र राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो सोमवार खुमलटार पुगे । उक्त भेटमा रअ प्रमुखसहित तीन जनाले बाम गठबन्धन छोड्न र पाँच बर्ष प्रधानमन्त्री बन्न प्रस्ताव गरेका थिए ।
सोमवार दिउँसो ३ बजे प्रचण्ड निवास खुमलटार पुगेका भारतीय रअ प्रमुखसहित तीन जनासँग दाहालले ४५ मिनेट गोप्य वार्ता गरेका छन् । तर प्रचण्डको सचिवालयले भने यो बिषयको खुलासा गर्न चाहेको छैन । गोप्य भेटवार्तामा महतोले संविधान संशोधन गर्न पनि प्रचण्डले बाम गठबन्धन छोड्नु पर्ने तर्क राखेका थिए ।
प्रचण्डको नीजि सचिवालयले भारतीय रअ प्रमुखसहितको भेटघाटलाई बाहिर ल्याउन नचाहेपनि राजपा नेता महतोले भने ४५ मिनेट गोप्य भेटवार्ता भएको बताएका छन् । ‘निर्वाचनभन्दा पहिले उहाँ मधेसका मुद्दा सम्वोधन गर्नुपर्छ भन्ने पक्षमा हुनुहुन्थ्यो, अहिले कुन मुडमा हुनुहुन्छ । त्यही बुझ्न पुगेको हुँ’, महतोले भने ‘उहाँ अहिले पनि संविधान संशोधनको पक्षमै भएको मैले पाएँ ।’
महतोले प्रचण्डलाई बाम गठबन्धन छोड्न प्रस्ताव गरेको स्वीकार गरेका छन् । ‘मुद्दा हामीसँग मिलेका छन्, तपाई पाँच बर्ष प्रधानमन्त्री बन्नुहोस, कांग्रेस र हाम्रो पाँच बर्ष सहयोग रहन्छ, मैले भनेको छ’, महतोले भने, ‘मेरो प्रस्तावमा उहाँ सकारात्मक हुनुहुन्छ ।’
बाम गठबन्धन घोषणा भएको तीन महिनासम्म पार्टी एकता संयोजन समितिको बैठक बस्न नसकिरहेका बेला कांग्रेस, राजपा र भारतीय खुविया एजेन्सीहरु एमाले र माओवादी केन्द्रको एकता टुटाउन सहतमै आउन थालेका छन् । भारतीय जासुसी संस्थाका प्रमुखले नेपालमा अड्डा नै जमाएर बसेका छन् भने कांग्रेसका मधेस केन्द्रीत दलहरु सक्रियरुपमा लागेका छन् ।
प्रचण्डलाई फकाउने देखि तर्साउनेसम्मको तरिका उनीहरुले अपनाउन थालेका छन् । पाँच बर्षे प्रधानमन्त्रीको प्रस्ताव गरेर उनीहरुले फकाइरहेका छन् भने सत्य निरुपन आयोग देखाएर तर्साइरहेका छन् । तर प्रचण्ड र रअबीच कुनै सहमति भने भएको छैन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्