
वीरगञ्ज- रक्षक नै भक्षक भएपछी के गर्ने ? कसले कारवाही गर्ने ? वीरगञ्मा यस्तै घटना घटेको छ । वीरगन्जको नगवामा आइतबार प्रहरी जवानले एक किशोरीको आँखा फुटाई दिएका छन् । वीरगन्ज महानगरपालिका वडा नम्बर नम्बर १६ नगवास्थित भुटनदेवीमाई मन्दिरका पूजारी भूषण पासवान दासकी १५ वर्षीया छोरी मुन्नी पासवान दासको इलाका प्रहरी कार्यालय नगवाका प्रहरी जवान दिपेन्द्र झाले लाठीले हानेर बाँया आँखा फुटाएका हुन् । प्रहरी जवान झा घटना लगत्तै बिदा स्वीकृत गरेर भाग्न खोजे पनि उनलाई प्रकरीले जिल्ला प्रहरी कार्यालयमा राखेको इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी हबल्दार रनबहादुर बमले जानकारी दिए।
अर्थ सरोकार डटकमलाई प्राप्त जानकारी अनुसार आइतबार बिहान ११ बजे तिर मन्दिर नजिकै रहेको आफ्नो गाई गोठमा काम गर्दै गरेको अवस्था प्रहरी जवान झाले हानेको लाठीले लागेर मुन्निको बाँया आँखा फुटेको हो । प्रहरी जवान झाले लाठी प्रहार गरे लगतै आँखा फुटेर गम्भीर घाइते भएकी मुन्नीलाई अस्पताल पुरयाउनुको सट्टा झा घटनास्थलबाट फरार भएको उनका बुबा भुषणले बताए। मुन्नीका बुबा भुषणले घाइते छोरीलाइ उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पतालमा पुर्याए पनि अवस्था गम्भीर रहेकोले उनलाई परवानिपुरस्थित केडिया आँखा अस्पतालमा लगिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजन लिम्बुले भने भुटनदेवी मन्दिरमा गाजा खाएर बसेका केही युवाहरुलाइ नियन्त्रणमा लिने क्रममा प्रहरी जवान झाले प्रहार गरको लाठी अन्जानमा मुन्नीको आँखामा लाग्न पुग्दा उनी घाइते भएको बताए।
मुन्नीको आँखामा चोट लागेको र उनको उपचार भइरहेको भन्दै प्रहरी उपरीक्षक लिम्बुले भने, ‘प्रहरी जवान झाले जानाजानी किशोरीलाइ लाठी हानेका होइनन्, दुर्भाग्यवश उनलाई लाग्न पुगेको हो, तै पनि घटनाका बाारेमा हामीले अनुसन्धान गरिरहेका छौँ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्