
काठमाडौं – नेकपा (क्रान्तिकारी माओवादी) का एक नेता प्रकाशजङ्ग लामिछानेले पार्टी परित्याग गरेका छन् । तमुवान राज्य समिति सदस्य तथा पर्बत जिल्लाका सहसंयोजक समेत भइसकेका लामिछानेले पार्टी परित्याग गरेका हुन् ।
शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै लामिछानेले क्रान्तिकारी माओवादी परित्याग गरेसँगै नेकपा प्रवेशको घोषणा समेत गरेका छन् । मोहन बैद्य ‘किरण’ को नेतृत्वमा क्रान्तिको सपना देखेर सक्रियरुपमा काम गर्दै आएपनि क्रान्ति हाँकेर अगाडि बढ्ने छाँटकाँट पार्टीकाे नदेखिएकाे उनले बताएका छन् ।
जनयुद्ध, जनआन्दोलन र शान्ति प्रक्रियासम्म आउँदा प्रचण्ड बाबुरामहरुले नेपाली जनतालाई जनवाद समजावाद र साम्यवादको सपना बाडेको तर पुरा गर्ने दिशातिर नलागि पार्टीलाई संसदीय भासमा डुबाएको उनले अाराेप समेत लगाएका छन् ।
प्रचण्ड बाबुरामले पुरानो संसदीय राजनीति अख्तियार गरेपछि आफु क्रान्तिका लागि भनेर बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीमा रहेको तर उक्त पार्टीले पनि क्रान्ति गर्ने भन्दा पनि बिचारको राप मात्र अलाप्ने भएकाले क्रान्तिकारी माओवादी परित्याग गरेको इमान्दार मिडियालाई बताएका छन् ।
लामिछानेले बैद्य माओवादी परित्याग गरेपनि आफु आगामी दिनमा भने आमुल परिवर्तनको बाटोमा निरन्तर लागिरहने बताएका छन् । बिज्ञप्ति मार्फत लामिछानेले अबको परिबर्तनको बाटोमा नेपाल कम्युनिष्ट पार्टी लागेको हुनाले आफु आजकै मितिदेखि नेकपमा आबद्ध हुने बताएका छन् ।
त्यस्तै लामिछानेले कम्युनिष्ट ब्यबस्था स्थापनामा पर्वतका जनताले देखाएको प्रगाड इच्छाप्रति सम्मान गर्दै गरिब सर्वहारा र निमुखाहरुको मुक्तिका लागी निरन्तर लाग्ने प्रतिबद्धता समेत जाहेर गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्