×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रोग्रेशिभ फाईनान्स पनि अब अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

प्रोग्रेशिभ फाईनान्स पनि अब अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा

Artha Sarokar

१५ माघ २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बैंक वित्तीय संस्थाहरुलाई अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली (NCHL-IPS)मा आवद्ध गराउँदै लाने क्रममा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले प्रोग्रेशिभ फाईनान्स लिमिटेडसँग अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली (NCHL-IPS) सेवा संचालन सम्बन्धि सम्झौता गरेको छ । सम्झौताअनुसार फाईनान्स कम्पनीलाई उपलब्ध गराईंएको NCHL-IPS आइतबारबाट संचालनमा आएको छ । सम्झौतामा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान र प्रोग्रेशिभ फाईनान्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिशाल हुमागाईले हस्ताक्षर गरेका छन् ।
अब प्रोग्रेशिभ फाईनान्सले NCHL-IPS मार्फत सदस्य बैंक वित्तीय संस्थाहरुबाट भुक्तानी दिने र लिने जस्ता कारोबारहरु गर्न सक्नेछ । हालसम्म कम्पनीले ७० बैंक तथा वित्तीय संस्थाहरुसँग Direct Member को रुपमा र अन्य ७ कम्पनीहरु Indirect/ Technical Member को रुपमा सम्झौता गरिसकेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी