
काठमाडौं – राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका अध्यक्ष राजेन्द्र महतोले एमालेलाई चेतावनी दिएका छन् । उनले भने यदि एमालेले संविधान संशोधनका विषयमा सकारात्मक धारणा सार्वजनिक नगरी संविधान संशोधनमा बाधा पुर्याएको अवस्थामा राजपा एमालेका विरुद्ध फेरि आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् ।
भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष महतोले सो कुराको चेतावनी दिएका हुन् । कार्यक्रममा बोल्दै उनले वाम गठनबन्धनसँग सरकार गठनका विषयमा सहमति हुन नसक्ने बताए ।
‘एमाले हिजो पनि संविधान संशोधनका विपक्षमा रहेको थियो आज पनि छ’, उनले भने, ‘यदि संविधान संशोधन नभएर हामी जुनसुकै खालको कदम चाल्न बाध्य हुनेछौं ।’
अध्यक्ष महतोले दुई नम्बर प्रदेशमा जनताले राजपा र फोरम लोकतान्त्रिक पार्टीलाई सरकार बनाउने म्याण्डेट दिएकोले यहाँ दुई पार्टीको सहमतिमा सरकार निर्माण हुने बताए ।
उनले नेपाल भारतबीच अहिले सीमा विवाद नभएको बताएका छन् । अध्यक्ष महतोले नेपाली सञ्चार माध्यमले उचालेको भरमा नेपाली सीमा भारतले मिचेको भन्न नमिल्ने बताए । यदि सीमा सम्बन्धित विवाद भए दुई देशका सरकारबीच कुटनीतिक सहमति र छलफलका माध्यमबाट मिलाउन सकिनेमा उनले जोड दिए ।
एमाले अध्यक्ष केपी ओलीले लगाएत अन्य नेताहरूले खोक्रो राष्ट्रवादका हिसाबमा भारतलाई गाली मात्रै गर्न नहुने उनको तर्क छ । त्यस्तै दुई देशबीचको आपसी सम्बन्धलाई पनि सुधार गर्न सक्नुपर्नेमा उनले जोड दिए ।
अध्यक्ष महतोले भारतीय दूतावासमा अन्य राजनीतिक दलका नेताहरू पटक पटक पुग्दा कुनै विषय नउठेपनि हामी पुग्दा भारतवादी आरोप लगाउने काम गलत भएको टिप्पणी गरे ।
अहिलेसम्म सरकारमा पुगेका आफूलाई ठूला भन्ने दलहरूले देश र जनताका विषयमा केही गर्न नसकेको उनले आरोप लगाए । नेपालमा छिमेकी देशसँगको सम्बन्धकाबारे दल र व्यक्तिपिच्छे नीति होइन राष्ट्रिय नीति निर्माण हुनुपर्ने उनको भनाइ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्