
काठमाडौं – वाम गठबन्धनको तर्फबाट प्रदेश ४ बाट अपाङ्ग तथा अल्पसंख्यक कोटामा उम्मेदवारी दिएका एमाले नेता रामबहादुर थापा राष्ट्रिय सभा सदस्यमा खारेज भएको छ ।
कांग्रेस उम्मेदवार बनेका तनहुँका प्रकाश पन्थले नयाँ निर्देशिका अनुसार अपाङ्ग परिचय पत्र नलिएको भन्दै निर्वाचन आयोगमा उजुरी दिएका थिए ।
छानविन पश्चात आयोगले शनिबार थापाको उम्मेदवारी खारेज गरेको छ । थापाले २७ असार २०६२ मै अपाङ्गताको परीचयपत्र लिएका भएपनि नयाँ निर्देशिका अनुसार नयाँ परिचय पत्र नबनाएका कारण उनको उम्मेदवारी खारेज भएको हो।
यससँगै कांग्रेस उम्मेदवार पन्थ राष्ट्रियसभा सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्