
धनगढी – धनगढी क्षेत्रमा निर्माणाधीन ‘छ लेन’ सडकको चौडाइ घटाउन नहुने माग गर्दै आज धनगढी बन्द गरिएको छ । युवा दबाब समूहको अगुवाइमा भएको बन्दका कारण व्यापार व्यवसाय शिक्षण संस्था ठप्प भएका छन् ।
बन्दका क्रममा प्रदर्शनमा उत्रिएका धनगढी उपमहानगरपालिका–३का वडाध्यक्ष बलबहादुर ऐरलगायत आठजनालाई केही समय नियन्त्रणमा लिएर छाडिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले बताउनुभयो । सडक क्षेत्रभित्र बनाइएका घरलगायतका संरचना भत्काउने विषयमा उत्पन्न विवादपछि धनगढीको ट्राफिक चौराहादेखि बोराडाँडीसम्मको छ लेन सडक निर्माण कार्य रोकिएको थियो ।
सडक ऐन, २०३१ले सडकको चौडाइ (सीमा) ८२ फिट तोके पनि तत्कालीन धनगढी नगरपालिकाले ७५ फिटमा घरको नक्सा पास गरिदिएकाले समस्या सिर्जना भएको जनाइएको छ ।
विवादका बीच तत्कालीन धनगढी नगरपालिकाबाट नक्सा पास गरेर बनाइएका संरचना मुआब्जाबिना हटाउन नपाइने मागसहित ट्राफिक चौराहाका घना जोशीलगायत १३ घरधनीले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतको अन्तरिम आदेश पछि सो क्षेत्रको सडक निर्माणको काम केही दिनदेखि रोकिएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्