Skip to content
LAXMI SUNRISE BANK

उद्यमशीलता विकासका लागि नोभेल एकेडेमी र युनुस बिजनेस सेन्टरबीच सम्झौता

अर्थ सरोकार

पोखराको नोभेल एकेडेमीले नेपालमा उद्यमशिलताको विकाश गर्नका लागि युनुस सोसियल बिजनेस सेन्टर बंगलादेशसँग सहकार्य गर्ने भएको छ । उद्यमशिलताको विकाशमा उल्लेखनिय योगदान गरी समग्र बंगलादेशलाई नै आर्थिक क्रान्ति गराए बापत सन २००६ मा नोबेल पुरस्कार प्राप्त गर्न सफल माइक्रो फाइन्नासका जन्मदाता प्रो. मोहम्मद युनुसको संरक्षकत्वमा स्थापित युनुस सोसियल बिजनेस सेन्टर र नोभेल एकेडेमी पोखराका विच आज संझौता पत्रमा हस्ताक्षर गरिएको हो । युनुस सेन्टरका तर्फबाट अध्यक्ष प्रोफेसर मोहम्मद युनुस र नोभेल एकेडेमीका तर्फबाट प्रिन्सिपल डा. कृष्णराज भण्डारीले संयुक्त रुपमा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
एकेडेमीले स्थापनाको १६ बर्षको अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत यो कार्यक्रम गरेको कलेजका सिइओ बिश्वेश्वर आचार्यले बताए । संझौता पछि नोभेल एकेडेमीले युनुस सेन्टरको सहकार्यमा पोखरामा नोभेल युनुस सोसियल विजनेश सेन्टरको स्थापना गर्ने छ । यसको मुख्य उद्देश्य उद्यमशिलताको विकाश गर्नका लागि कार्यशाला गोष्ठि गर्ने, सृजनात्मक विजनेश मोडेल तयार पार्ने हुनेछ ।
एकेडेमीमा अध्ययनरत विद्यार्थीहरुलाई उद्यमशिलताको विकाशका लागि आवश्यक पर्ने रिसर्च ल्याव तयार पार्ने साथै विद्यमान नेपालको गरिवी उन्मुलन गर्न रोजगारी सृजना गर्ने खालका उद्यमको विकाश गरि नेपालको जिडिपी लाई उच्च बनाउने र विद्यार्थीहरुलाई रोजगार गर्ने मात्र होइन रोजगारी दिन सक्ने उद्यमशिलताको विकाश गर्ने प्रमुख उद्देश्य रहेको छ । विद्यार्थीहरुले तयार पारेका नविनतम विजनेश मोडललाई लगानी गर्ने उद्यमीहरुको खोजी गरि आवश्यक लगानीको अवसर श्रृजना गराउने लक्ष्य रहेको सिइओ बिश्वेश्वर आचार्यले बताए ।
कार्यक्रममा नोभेल एकेडेमीका कार्यकारी निर्देशक सीता लामिछाने, एकेडेमीका बोर्ड मेम्बर तथा सफल मिडिया हाउसका अध्यक्ष दुर्गाप्रसाद हुमागाई, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, हिमालय अर्गनाइजेशनका अध्यक्ष युवा उधमी ध्रुव थापा, कैलाश बिकाश बैकका अध्यक्ष नारायण पौडेल, कंगारु एजुकेशन फाउण्डेशन पोखराका प्रमुख टि आर काफ्ले, बैकर, प्रोफेशर, संचारकर्मी, लगायतले कलेजको यो कार्यले नेपालमा उद्यमशिलताको विकाशमा उल्लेखनिय योगदान पुग्ने बताए । सन २००२ देखि ए लेभल देखि एमविए सम्म ६०० जना विद्यार्थीहरु अध्ययनरत नोभेल एकेडेमीले हालसम्म आफ्नो शैक्षिक गुणस्तर अभिवृद्धिका लागि अमेरिका, बेलायत, फिनल्याण्ड, जर्मनी, अष्ट्रेलिया, सिगांपुर, मलेशिया, थाइल्याण्डका विश्व प्रसिद्ध विश्वविद्यालय एवं मल्टिनेशनल कम्पनी सँग रणनितिक साझेदारी गर्दै आएको प्रिन्सिपल डा. कृष्णराज भण्डारीले बताए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK