
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- सानीमा क्यापिटलले तिर्ने नपर्ने करको भार पारेर लगानीकर्तालाई अन्याय गरेको छ । जे गरेपनि हुन्छ भन्ने शैलीमा क्यापिटलले तिर्ने नपर्ने करको भार बोकाएर दादागिरी देखाएको छ । सानीमा क्यापिटलले आफैं २०७३/०९/२८ सम्म सेयर किन्नेले वोनसमा कुनै कर तिर्नु पर्दैन भन्दै सार्वजनिक सुचना जारी गरेको थियो तर एक लगानीकर्ताले २०७३/०७/०९ मा किनेको सेयरमा बोनसमा करको भार बोकाएर आफैंले जारी गरेको सुचनाको बर्खिलाप गरेको छ ।
यहि प्रकरणमा परेकाहरुमध्ये एक हुन् नवराज घिमिरे । उनले २०७३ कार्तिक ९ गते मंगलवार दशमी तिथीका दिन सेयर खरिद गरेका थिए । यसैबीच सानिमा क्यापिटलले जारी गरेको सार्वजनिक सुचनामा २०७३/०९/२८ गते सम्म सेयर खरिद गर्ने लगानीकर्ताले कर तिर्नु पर्ने छैन भन्ने सुचना जारी गरेको थियो । तर सानिमा क्यापिटलले जारी गरेको Bo id हालेर चेक गर्नुहोला भनेर जारी गरेको वेव साईटमा जांच गर्दा ८७४१.६ कर तिर्नुपर्छ भन्ने देखाएपछी क्यापिटलले गरेको यस्तो अन्याय बाहिर आएको हो । यसले सानीमा क्यापिटल आफ्ना सेवाग्राहीप्रति कतिसम्म जिम्मेवारहीन रहेछ भन्ने कुरालाई प्रमाणित गरेको छ ।
यस बिषयमा सानीमा क्यापिटलका सीइओ मनिष जोशीलाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।
(यस विषयमा हामी निरन्तर फलोअपमा छौं। )
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्