×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जो फेसबुक ट्विटरकै भरमा सांसद बनेरै छाडे

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

जो फेसबुक ट्विटरकै भरमा सांसद बनेरै छाडे

Artha Sarokar

१५ माघ २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सातैपपिच्छे जस्तो नेपाल बन्द हुन थालेपछि सहरी युवाको एउटा समूह विरोध गर्दै माइतीघर मण्डला पुग्थ्यो ।
माइकिङ गर्दै ती युवाको हातमा हुन्थ्यो, नेपाल खुल्ला छ लेखिएको प्ले कार्ड । २०७० ताका नेपाल बन्दको विरोध गर्न प्ले कार्ड बोकेर माइतीघर पुग्ने मध्येमै हुन्थे रमेश पौड्याल ।
कहिले नेपाल बन्दको विरोध त कहिले संविधान बनाउनका लागि खबरदारी गर्दै सडकमा उत्रने युवाको त्यो समूह फेसबुक, ट्विटर लगायत सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय थियो । आजको नागरिक(काष्ठमण्डप)मा खबर छ ।
उनीहरु सामाजिक सञ्जालमार्फत विरोधका आवाज सम्बन्धित निकायसमम पुर्याउँथे । रमेशले पनि विरोधका स्वरलाई बुलन्द गर्न सामाजिक सञ्जाललाई भरपूर उपयोग गरे ।
चार बर्ष अघि नेपाल बन्दको विरोधमा प्ले कार्ड बोकेर सडकमा पुग्ने र सामाजिक सञ्जालमा विरोध जनाउने पौड्याल अब भने जनताका अजेन्डा बोकेर प्रदेशसभाको संसद भवन जानेछन् ।
उनी विवेकशील साझा दलबाट प्रदेशसभा ३ मा समानुपातिकतर्फबाट चुनिएका सांसद हुन् । उनी मात्र होइन, यो दलबाट आगामी बिहीबार बस्ने प्रदेश संसदको पहिलो बैठकमा विराजभक्त श्रेष्ठ र शोभा शाक्य पनि सहभागी हुँदैछन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी