काठमाडौँ – भूकम्प पिडितहरुले अहिलेसम्म सरकारले दिने सहायता पाएका छैनन् । पीडितका लागि काम गर्ने नाममा विभिन्न निकाय र सरकारी निकायमा रहेकाहरु भने मनपरी गरेको बताइएको छ ।
यसको जिम्मेवारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिइएको भए पनि प्राधिकरणका कर्मचारीहरु पीडितका नाममा विदेश भ्रमण गर्न व्यस्त रहेका छन् ।
५० कर्मचारी थाइल्याण्ड, इन्डोनेसिया र फिलिपिन्सको भ्रमणमा गएका छन् भने एक महिनामा ९५ कर्मचारी विदेश भ्रमण गएका छन् । प्राधिकरणले गाडीको प्रयोग र खरिदमा पनि मनपरी गरेको बताइएको छ ।